अपडेट: डोटीमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु (नामावलीसहित)

Posted on: 05 Aug, 2017


साउन २१, डोटी । डोटीको बोगटान गाउँपालिका वडा नम्बर ६ गगुडामा यात्रुबहाक जीप दुर्घटना हुँदा ९ जनाको घटनास्थमै ज्यान गएको छ ।

दिपायलबाट बोगटान गाउँपालिकाको चबराचौताराका लागि छुटेको जीप घटनामा ७ जना घाईते भएका छन । घाईते ७ जना मध्ये ४ जनाको अबस्था गम्भीर छ ।

गयराति साढे १० बजे साविकको गगुडा गाविसको वडा नम्बर ८  कटैगाउँको धार नजिकै जीप दुर्घटना भएको हो । 

घटनामा परी मृत्यु हुनेहरुमा गाउँपालिका वडा नम्बर १ सिमचौरका ३५ बर्षिय बिष्णुबहादुर मगर, ५५ वर्षीय भीम घर्तीमगर, ५० वर्षीय बुढो घर्ती मगर, ४५ वर्षीय गोरख थापा, ४८ वर्षीय शसिराम बहादुर पुनमगर, ४५ वर्षीय ललिता देवी पुन, ४० वर्षिय टेकबहादुर पुनमगर, ३० वर्षीय चन्द्रबहादुर घर्तिमगर र शिखर नगरपालिका १ कपल्लेकीका २८ वर्षीय चालक बिष्णुबहादुर नेगीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी शिवबहादु सिंहले जानकारी दिएका छन् ।

दुर्घटननामा पर्ने यात्रु सबै बोगटान गाउँपालिका वडा नम्बर १ सिमचौरका रहेका छन ।  हिजो राती शैलेश्वरी यातायातको से १ ज ४९१ नम्बरको जिप दुर्घटनामा परेको हो । जीप कच्ची सडकबाट झण्डै साढे चार सय मिटर तल खसेको छ । निरन्तर पानी परेको र कच्ची सडक भएका कारण दुर्घटना भएको प्रहरीले बताएको छ ।

घाईतेको उपचारका लागी जिल्ला सदरमुकामको सुजङ अस्पताल ल्याईदै गरेको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी सिंहले जानकारी दिनु भएको छ । जीपमा १६ जना यात्रु सवार थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!