मोदी गाउँपालिका ६ तिलाहारमा हिंसा न्युनिकरण तालिम शुरु

Posted on: 05 Aug, 2017

पर्वत, । जिल्लाको मोदी गाउँपालिकामा लैङ्गिकतामा आधारीत हिसा न्युनिकरण सम्बन्धी ७ दिने तालिम शुरु भएको छ । बिहिबार देखि शुरु भएको तालिम ७ दिन सम्म जारी रहने छ । जनकल्याण महिला बिकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड मोदि ६ तिलाहारले आयोजना गरेको तालिमको महिला तथा बालबालिका कार्यलय पर्बतले सहयोग गरेको छ ।

लैङ्गिक हिसां अन्त्य गरौ, सभ्य समाजको निमार्ण गरौ भन्ने उदेश्यका साथ शुरु भएको तालिमको बिहिबार मोदी गाउँपालिका उपाध्यक्ष सेति महतले उद्धघाटन गर्नुभएको छ । उद्धघाटन कार्यक्रममा बोल्दै उहाले महिला हिसाँ न्युनिकरण गर्न पुरुषलाई पनि संगै लैजानु पर्ने बताउनुभयो ।

उहाले जसले समाजमा सकारात्मक परिवतर्नका लागी सहयोग गर्छ, समाजमा सहयोगी र राम्रा पुरुष पनि भएका कारण पुरुषलाई पनि सगै लैजान सके हिसा न्युनिकरण हुने उहाको भनाई थियोे । उहाले यसका लागी घर समाज बाटै हामी हिसा गर्दैनौ हिसा सहेर बस्दैनौ भनी प्रतिबद्धता हुुनु पर्ने समेत उहाले जिकिर गर्नुभयो ।

कार्यक्रममा बोल्दै वडा नम्बर ६ का वडा अध्यक्ष बिमल लामिछानेले महिला हिसा न्युनिकरण नभए सम्म गाउ समाजको विकास हुन नसक्ने भन्दै हिसा न्युनिकरण रोक्न सबै एक हुनुपर्ने बताउनुभयो । महिला हिसाँ मानव निर्मित विभेद भएकाले यसको अन्त्य गर्न जरुरी रहेको उहाले बताउनुभयो ।

http://24sanchar.com/wp-content/uploads/2017/08/


उहाले आर्थिक रुपमा महिला सक्षम भएमा पनि हिसा सहनु नपर्ने बताउनु भयो । तालिममा सहभागिहरुले तामिलबाट महिला हिसा न्युनिकरणका लागी आफुहरुले गाउ समाजमा उल्लेख्य भुभिका खेल्न सक्ने विश्वास लिएका छन् । तालिममा जनकल्याण महिला बिकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा आबद्ध शेयर सदस्यहरुको उपस्थिती रहेको छ ।


सो तालिमको सहजीकरण महिला तथा बालबालिका कार्यलयका कर्मचारी बेलकुमारी परियारले गर्ने आयोजकले जनाएको छ । जनकल्याण महिला बिकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड का अध्यक्ष कमला लामिछानेको अध्यक्षतामा सम्पन कार्यक्रमको सञ्चालन सचिब बिष्णु रिमालले गर्नुभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!