​लायन्स र लियोद्धारा बृक्षारोपण

Posted on: 05 Aug, 2017

साउन २१, बुटवल । लायन्स क्लव अफ बुटवल तिलोत्तमा, लायन्स क्लव अफ तिलोत्तमा मायादेबी र लियो क्लव अफ तिलोत्तमाको संयुक्त आयोजनामा आज बुटवलमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । बुटवलको राजमार्ग चौराहादेखि योगिकुटि सम्म राजमार्गको डिभाईडरमा बृक्षारोपण गरिएको हो ।

लायन्स क्लव अफ बुटवल तिलोत्तमाका अध्यक्ष लायन रमेश कुमार श्रेष्ठको अध्यक्षता र लायन्स क्लव इन्टरनेसनल ३२५ बि टु का पुर्ब गभर्नर लायन महेन्द्र नरायण श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।  कार्यक्रममा लायन्स क्लव अफ तिलोत्तमा मायादेवीकी अध्यक्ष सारदा देवी बज्राचार्य, लियो क्लव अफ तिलोत्तमाका अध्यक्ष सुमित श्रेष्ठ, लायन्स क्लव अफ ईनटरनेसनल डिष्ट्रिक ३२५ बि टु का सिनियर एड्भाइजर लायन शुरेस रत्न बज्राचार्य, लायन्स् क्लव अफ ईनटरनेसनल डिष्ट्रिक ३२५ बि टु का अड्भाइजर खेम हमाल, एरिया चिफ कोर्डिनेटर महेन्द्र ध्वजु, लायन्स् क्लव अफ ईनटरनेसनल डिष्ट्रिक ३२५ बि टु का एडिस्नल क्याबिनेट सेक्रेटरी प्रमोद कसजु, लायन्स क्लब अफ ईनटरनेसनल डिष्ट्रिक ३२५ बि टु का रिज्नल चेयर पर्सन लायन पुरुषोत्तम भक्त प्रधानाङ्ग, यालन्स् क्लव अफ ईनटरनेसनल डिष्ट्रिक ३२५ बि टु का टियू वल्ड बैंक कोर्डिनेटर लेक बहादुर कार्की र बृक्षारोपण कार्यक्रम कमिटि जिल्ला सदस्य लायन डिबि खत्रि लगायतको उपस्थिती रहेको लायन उपेन्द्रमान श्रेष्ठले जानकारी दिए । कार्यक्रम संयोजन चिरञ्जिबी र तारा श्रेष्ठले गरेका थिए ।

लियो क्लव अफ तिलोत्तमाका अध्यक्ष सुमित श्रेष्ठले स्वागत गरेको कार्यक्रमको संचालन लायन्स क्लव अफ तिलोत्तमा मायादबीकी सचिव कुसुम शाक्यले गरेकी थिईन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!