दिदीबहिनीलाई दर, माघवलाई सहयोग

Posted on: 06 Aug, 2017

पर्वत । तीज नजिकिदै छ, तीज नजिकैसँगै नारीहरुको जमघट र दरखाने कार्यक्रमहरु पनि ठाउँठाउँमा शुरु हुन थालिसकेका छन् । रेडियो, टेलिभिजनहरुमा पनि तिजका गितहरुले यतिबेला डेरा जमाइरहेका छन् । पछिल्लो समयमा महिलाहरुको चाडका रुपमा मानिने हरितालिका तिज पर्व निकै भड्कीलो र महङ्गो हुदै गएको छ । संस्कार र परम्परालाई मनाउने नाउमा विकृति विंसंगती पनि देखा परिरहेका छन् । तीजका गितहरुमा पनि मौलिकता हराएका छन् । कतिपय ठाउँहरुमा तीज पर्वलाई पर्वका रुपमा मात्रै नभइ सद्भाव, सहयोग गरी अरुको दुखमा मलम लगाएर पनि मनाउने गरेको पाइन्छ । समाज परिर्वतनका लागि तीजलाई महङ्गो र भड्कीलो नभइ सहयोगी बनाउन जरुरी छ । यसैविच  सामाजिक क्षेत्रमा निरन्तर रुपमा काम गर्दे आईरहेको सिसेफ महिला समुहले शनिबार दरखाने तथा सहयोग हस्तान्त्रण कार्यक्रम सम्पन्न गरेको छ । 

संस्थाले एक कार्यक्रमको आयोजना गरी आफ्नै सभाहलमा जिल्लाका नव निर्वाचित महिला जनप्रतिनीधि तथा जिल्लामा बिभिन्न संघसंस्थामा आबद्ध महिला दिदीबहिनीहरुलाई एकै ठाउँमा भेला गराएर खुसी साटासाट गरी दर खुबाएको हो । सो अबसरमा गत साल गोरुले मारेर ढाडको नशा चुडिएर हिडडुल गर्ने नसक्ने कुश्मा नगरपालिका २ खुर्कोट निबासी माधब गिरीलाई सहयोग हस्तान्त्रण गरिएको थियो । संस्थामा आबद्ध सदस्यहरु तथा अन्य सहयोगि मनहरुबाट संकलीत जिन्सी सामान तथा नगद गरी झण्डै ४० हजार मुल्य बराबरको सामाग्री माधब      गरीको श्रमिती पार्बती गिरीलाई हस्तान्त्रण गरिएको हो ।

Image may contain: 11 people, people smiling, people standing and people sitting

  कार्यक्रममा बोल्दै प्रमुख अतिथी फलेबास नगरपालिकाका नगर उपप्रमुख मञ्जु अधिकारीले महिला सशक्तिकरणको सन्देश वोकेको नेपालीहरुको महान् चाड तीजलाई महिला अधिकार र सशक्तिकरणको चाडका रुपमा मनाउनुपर्नेमा जोड दिइन् । 

उनले पछिल्लो समयमा तीजे भाकाका नाउमा रत्यौली र दोहरी गीत सँगै विकृति विसंगति भित्रिएको प्रति चिन्ता व्यक्त गर्दे कुसंस्कारलाई निरुसाहित गरि अव सुसंस्कारको बिकास गनुपर्ने समय आएको बताइन् । समाज परिर्वतनका लागि सिसेफ महिला समुहले तीज पर्वलाई खाने र रमाउने मात्रै नभइ सहयोग गर्ने जून भावनाको विकास गरेको छ त्यसको अनुसरण अन्य संघसंस्थाले समेत गर्नुपर्नेमा उनको जोड थियो । 

Image may contain: 4 people, people standing

दर खानेमात्रै होइन, सहयोगी बनौ र मनवता देखाऔ भन्ने उनको जोड थियो । कार्यक्रममा सहभागिहरुले चाडपर्वलाई तड्क भड्क नगरी अफ्नो क्षमता अनुसार मनाउनुपर्नेमा जोड दिएका थिए ।

कुस्मा नगरपालिका वडा ५ कि अध्यक्ष चित्रकला भारतीले सिसेफ समुहले संचालन गरेको सूचना केन्द्रलाई निरन्तर संचालन गर्न र प्रभावकारी बनाउको लागि आफूले सहयोग गर्ने बताइन् ।

उनले सिसेफले जिल्लाको पर्यटन क्षेत्रको विकास गर्नको लागि जून कार्य गरेको छ त्यसको अनुसरण अरु संस्थालेपनि गर्नुपर्ने भन्दै आफूले ययमा वडा ५ को तर्फदेखि सहयोग गर्ने बताइन् । उनले निरन्तर सूचना प्रवाह र संकलन गर्नको लागि वडास्तरबाट आवश्यक बजेट विनियोजन गर्नको लागि पहल गर्ने बताइन ।

सिसेफ महिला समुहकी अध्यक्ष ईश्वरी पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिब कामना रेग्मीले गरेकी थिइन् ।

Image may contain: 13 people, people smiling, people standing

Image may contain: 7 people, people standing



यस बिषयमा तपाइको प्रतिक्रिया...!