लुम्बिनी अञ्चल अस्पताल साढे ९ हजार बच्चा जन्मीए

Posted on: 06 Aug, 2017

कृष्ण खनाल/साउन २२, बुटवल ।  यस क्षेत्रको  पुरानो अस्पतालको रुपमारहेको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा आर्थिक बर्ष ३०७३÷०७४ मा ९ हजार ६ सय ५ बच्चा जन्मीएका छन् । 

अस्पतलमा कुल ९ हजार ५ सय ३६ जना महिला सुत्केरीभएकोमा ५ हजार ६० जना छोरा र ४ हजार ५ सय ४५ जना छोरी जन्मीएका हुन । ५  सय १५ जना छोरा बढि जन्मीएका छन् । अञ्चल अस्पतालका मेडिकल रेडर्कर अधिकृत लक्ष्मीराज रेग्मीका अनुसर गत आर्थिक बर्षमा सबैभन्दा बढि भदौ महिनामा बढि बच्चा जन्मीएका छन् । 

२०७३ भदौ महिनामा ९ सय ८४ जना महिला सुत्केरी भएकोमा ९९१ जना बच्चा जन्मीएका छन् । 

जसमा छोराको संख्या ४सय ८२ र छोरीको संख्या ५ सय ९ जना रहेको छ ।  यस्तै दोस्रो स्थानमा साउन महिना रहेको छ । उक्त महिनामा  कुल ९ सय ५९ जना महिला सुत्केरी भएकोमा ९ सय ६५  जना बच्चा जन्मीएका हुन । जसमा ५सय ३० छोरा र ४ सय ३५ छोरी जन्मीएका छन् ।  असोज महिनामा ७ सय ४३ जना, कार्तिक महिनामा ८८९ जना, मंसिरमा ९०४, पुसमा ७५०, माघ महिनामा ७९८, फागुन महिनामा ७५४, चैत महिनामा ६४० जना, २०७४ बैशाख महिनाा ६०९ जना, जेठमा ६९१जना, असार माहिनामा ८ सय ७१  जना  बच्चा जन्मीएका छन् । कुल आर्थिक बर्षमा छोराको संख्या ५ हजार ६० जना रहेको छ भने छोरीको संख्या ४५ सय ४५ जना रहेको छ । 

उक्त आर्थिक बर्षमा १ सय ४४ जना बच्चा आमाको पेटमा मरेर जन्मीएको पाइएको छ । मेडिकल रेर्डर अधिकृत   रेग्मी भन्छन्–‘आमाको गर्भमै मरेका बच्चाको संख्या कुल १ सय ४४ जना रहेको छ, जस्लाई हामीले स्टील वर्थ भन्छौ । ’ उनका अनुसार ८९जना छोरा र ५५ जना छोरी आमाको गर्भमा नै मरेका थिए । 

यस्तै उक्त आर्थिक बर्षमा सकुसल रुपमा जन्मीएका बच्चाको संख्या ९ हजार  ४ सय ६१ जना बच्चा जन्मीएका  छन् । जुन आमाको गर्भबाट जिउदै जन्मीएका शिसुको संख्या हो । जसमा छोराको संख्या ४ हजार ९ सय ७१  जना  रहेको छ भने  छोरीको संख्या ४ हजार  ९ सय ७१ ज्ना रहेको छ । आमाको गर्भमा मर्ने सिसुमा छोरा को संख्या बढि छ । ८९ जना  छोरा आमाको गर्भमै मरेर जन्मीएको तथ्यांक छ भने ५५ जना छोरीको पनि गर्भमै मरेर जन्मीएको पाइएको छ । यस्तै उक्त आर्थिक बर्षमा सकुसल जन्मीएपनि ७ दिन भित्र आइसीयुमा राखेर मरेका शिसुहरुको संख्या ३१  जना रहेको छ । जसमा २० जना छोरा र ११ जना छोरी रहेका छन् । 

उक्त आर्थिक बर्षमा जवजात शिसुको रुपमा अस्पतालबाट सकुसलरुपमा घर लगिएको बच्चाको संख्या ९ हजार ४सय ३०  जना रहेका छन् । जसमा  छोराको संख्या ४ हजार ९ सय ५१ जना र छोरीको संख्या ४ हजार ४ सय ७९ जना रहेका छन् । ४ सय ७२ बढि  छोरा रहेका छन् । 

अस्पतालमा प्रतिशतको हिसवाले ५३ प्रतिशत छोरा र ४७ प्रतिशत छोरीको जन्म भएको पाइएको  छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!