किसानलाई पाँच करोडको अनुदान

Posted on: 07 Aug, 2017

 ।नेपाल कृषिप्रधान देश हो । खेती किसानी गर्नेको संख्या देशभरीको जनसंख्याको ८० प्रतिशत छ । कृषि प्रधान देश भएता पनि कृषिमा आधुनिकरण, गुणस्तरीय विउविजन, आवश्यक कृषि औजार, परामर्शको अभावका कारण देशले बर्षेनी हजारौ मेटिूक टन खाद्यन्न आयात गर्नुपर्ने बाध्यता छ । 

जिल्ला कृषि विकास कार्यालय पर्वतले गत आवमा जिल्लाका कृषकलाई झण्डै पाँच करोड बराबरको अनुदान वितरण गरेको छ । कृषि औजारदेखि मलबिउ र आयआर्जनमा गतबर्ष पर्वतका किसानले चार करोड ८७ लाख ५१ हजार सात सय ५० रुपैयाँ अनुदान पाएका हुन् । जिल्ला कृषि विकास कार्यालय र पशु सेवा कार्यालयले कृषि आधुनिकिकरण, युवालक्षित, पशुपालन, सहकारीखेतीलगायतका लागि अनुदान दिएको हो ।

कृषि कार्यालयले मात्रै किसानलाई आर्थिक बर्ष २०७३÷०७४ मा तीन करोड ७२ लाख ६६ हजार सात ५० रुपैयाँ अनुदान वितरण गरेको छ । युवा लक्षित कार्यक्रम र प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना मार्फत जिल्लाका जागरुक उत्साही युवाहरुलाई अनुदान वितरण गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

कृषिले साना सिंचाई, प्लाष्टिक पोखरी, मिनिटिलर, थोपा सिंचाई, थ्रेसर, सुन्तला बगैचा सुदृढिकरण, युवा लक्षित कार्यक्रम, हिउदे र बर्षे फलफुलका बिरुवा, मौरी घर तथा गोला, सुन्तलाको पकेट, ब्लक, मकैको बिउ, सुन्तला नसरी, रस्टीक स्टोर, अलैची भट्टीमा किसानलाई अनुदान प्रदान गरेको जिल्ला कृषि विकास कार्यालय पर्वतका प्रमुख एवम् बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले बताए ।

त्यस्तैगरी मकै छोडाउने मेसिन, बर्षा पम्प, त्रिपाल, भकारो सुधार, माछा भुरा ढुवानी, चैते धान प्रोत्साहन, प्रांगारिक मल, मेटल बिन र कृषि चुन ढुवानीमा पनि कृषिले अनुदान प्रदान गरेको छ । कृषकलाई पेशाप्रति निरन्तर आकर्षिक गर्ने उद्देश्यले बिउदेखि विभिन्न मेसिनरी सामानमा अनुदान प्रदान गरिएको रेग्मीले जानकारी दिए ।

अनुदान रकमले किसानलाई निरन्तर कृषि पेशाप्रति लाग्न उत्साह थपेको छ, विशेषगरी तरकारी उत्पादनमा राम्रो प्रगति भएको छ’ उनले भने । राज्यले दिने थोरै अनुदानले पनि किसानले धेरे राम्रो प्रगति गरेको पनि रेग्मीले बताए । ‘अहिले युवाबर्ग रोजगारीका लागि बिदेश पलायन भइरहेको छ तर अन्त्यमा धेरै युवाले ठुलो कष्ट भोगेर आफ्नै गाउँमा आएर कृषिमा राम्रो गरेका पनि छन’ उनले भने(‘अनुदानले उनीहरुलाई कृषिक्षेत्रमा लाग्न उत्साह थपेको छ ।’

पर्वतको विभिन्न क्षेत्रमा एक दशक अघिसम्म चैते धानले राम्रो ठाउँ लिएको भएपनि हराउदै गएको थियो । तर, कृषि कार्यालयले चैते धान रोप्ने किसानलाई केन्द्रीत गरेर प्रोत्साहन रकम प्रदान गर्न थालेपछि चैते धान रोप्ने किसान बढेका छन् । विशेषगरी पैंयूँ गाउँपालिकाको हुवास,                सरौखोला, त्रिवेणी, भोर्लेमा चैते धान रोप्ने किसान उत्साहित भएको        रेग्मीले जानकारी दिए । कृषि कार्यालयले समुहगत रुपमा किसानलाई अनुदान प्रदान गर्ने     गरेको छ ।

यसैविच नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् ब्यवस्थापिका सांसद सदस्य अर्जुनप्रसाद जोशीले किसानलाई     आधुनिकिकरण तर्फ अग्रसर        गराउन गतबर्ष १० लाख रुपैयाँ बजेट बिनियोजन गरेका थिए । निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रमअन्र्तगत जोशीले मिनिटेलर खरिद गरी किसानलाई जिल्ला कृषि विकास कार्यालयमार्फत सहुलियतमा बितरण गरिएको थियो । सांसद जोशीबाट बिनियोजन भएको रकमबाट किसानलाई ५० प्रतिशत अननुदानमा मिनिटेलर बितरण गरिएको रेग्मीले      जानकारी दिए ।

उता जिल्ला पशु सेवा कार्यालयले पनि गत आर्थिक बर्ष एक करोड १४ लाख ८५ हजार रुपैयाँ अनुदान बितरण गरेको जनाएको छ । पशु विकास अधिकृत बिश्वनाथ गौतमले पशुपालक कृषकलाई बिस्तार र उनीहरुलाई पशुपालनतर्फ आकर्षित गराउन अनुदान दिने ब्यवस्था मिलाएको बताए ।विशेषगरी पशु कार्यालयले गाई फार्ममा साना र मझौला गरी १२ लाख ४५ हजार रुपैयाँ अनुदान प्रदान गरेको छ । बाख्रापालनमा चार लाख र बंगुरपालनमा तीन लाख रुपैयाँ अनुदान दिएको छ । यो अनुदान रकम युवालाई लक्षित गरेर बितरण      गरिएको हो ।

त्यस्तै बाख्राको खोर सुधार, बंगुरको खोर सुधार, मासु पसल सुधार, बोका बितरण, बाख्रा प्याकेज, बंगुर प्याकेज, पशु अनुवाशींक श्रोत संरक्षण, भैसी स्रोत केन्द्र स्थापना, बाख्रा मिसन, सहकारीमा बंगुरपालन, सहकारीमा      कुखुरापालन लगायत शिर्षकमा अनुदान दिइएको गौतमले बताए । अनुदानले बाख्रा, बंगुर, गाई र कुखुरापालन कृषक बढाएको उनले जानकारी दिए । पशु सेवा कार्यालयले गतबर्ष जलजला गाउँपालिकाको वडा नम्बर ८ नाग्लीवाङमा ४३ लाख ७५ हजार रुपैयाँको लागतमा भैसी श्रोतकेन्द्र स्थापना गरेको छ । दुध उत्पादनका लागि पकेट क्षेत्रका रुपमा रहेको नाग्लीवाङमा पशु सेवा कार्यालयले ठुलो रकम प्रदान गरेर भैसी श्रोत केन्द्र नै स्थापना गरेपछि त्यसक्षेत्रका पशुपालक किसान खुशी भएका    छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!