तेह्रथुमको आठराईमा सिकाई केन्द्रका लागि भवन

Posted on: 07 Aug, 2017


साउन २३, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–३, ह्वाकुमा रहेको फाल्गुनन्द सामुदायिक सिकाई केन्द्रलाई स्थानीय एक पविारले भवन निर्माण गरी हस्तान्तरण गरेको छ । 

ह्वाकुको हाङ्याक्मा गाउँ बस्ने स्व.देउमान इङनामकी श्रीमती डिकमाया ईङनाम र उनका छोरा तथा भतिजाले सामुदायिक सिकाई केन्द्रका लागि भवन निर्माण गरी हस्तान्तरण गरेका हुन् । 

नवनिर्मित भवनमा सिकाई केन्द्रको कार्यालय समेत उद्घाटन भएको छ । सिकाई केन्द्रको भवनका लागि ईङनाम परिवारले दुई लाख रुपैयाँ बराबरको जग्गा निःशुल्क उपलब्ध गराई सोही जग्गामा ६ लाख २० हजार रुपैयाँ लागतमा भवन निर्माण गरिदिएका हुन् । 

भवन निर्माणका लागि हाल युकेमा कार्यरत स्व. देउमानका छोराहरु डम्बर र गणेशचन्द्र तथा भतिजा जुमन ईङनामले आर्थिक सहयोग गरेका स्थानीय सरस्वती माविका प्रधानाध्यापक अकलबहादुर ईङनामले जानकारी दिए । भवन निर्माणपछि सिकाई केन्द्रको कार्यालय सन्चालनका लागि सहज भएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!