डडेल्धुराको सुनखोलाले बगाएर एकजना गम्भीर घाईते

Posted on: 08 Aug, 2017

साउन २४, डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिका ५ मा पर्ने सुनखोलाले बगाएर एक जना गम्भीर घाईते भएका छन् ।

गोदाम बजारबाट घर फर्किने क्रममा आलिताल गाउँपालिका ५ भित्रीसैनका ३२ वर्षीय पदम रैकाल गम्भीर घाइते बनाएका हुन् ।

मंगलबार अपराह्न ४ बजे रैकाल खोलामा बगीरहेको अवस्थामा विद्यार्थीहरुले उद्धार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गम्भीर घाईते रैकाललाई उपचारका लागी  स्थानीयबाट ५ हजार रुपैयाँ संकलन गरी सेती अञ्चल अस्पताल धनगढी पठाएको पत्रकार राम अधिकारीले जानकारी दिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!