नदी तर्ने क्रममा बुबाको हातबाट छुटेर बगेका १० वर्षीय बालकको मृत्यु

Posted on: 09 Aug, 2017

साउन २५, कैलाली । कैलालीको खुटीया नदीमा डुबेर मंगलबार एक बालकको ज्यान गएको छ । 

धनगढी उपमहानगरपालिका–१५ का १० वर्षीय भगत विष्टको बुबा जनकबहादुर विष्टसँग नदी तर्ने क्रममा बुबाको हातबाट छुटेर ज्यान गएको सशस्त्र प्रहरी सुरक्षा बेसक्याम्प, फूलबारीका इन्चार्ज नवराज शाहीले जानकारी दिनुभयो । 

नदीमा बगेको करिब डेढ घण्टापछि १०० मिटर तल बालकको शव फेला परेको जनाइएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!