पोखरामा बाढी पहिरोले १३ घरमा पूर्ण क्षति

Posted on: 09 Aug, 2017


साउन २५, पोखरा । गएराति परेको भीषण वर्षासँगै घरमाथिबाट आएको पहिरोले कास्कीको माछापुच्छ्रे गाउँपालिका– ५ रिभान लामपाटाका १३ घरमा बाढी पसेर पूर्ण क्षति पु¥याएको छ । 

गाउँ भन्दा माथिबाट पहिरो आउँदै छ भन्ने प्राप्त सूचनाका आधारमा घरमा सुतेका सबै गाउँले भागेर सुरक्षित स्थानमा पुगेकाले मानवीय क्षति भने हुन नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

बाढी पहिरोले रिभानबाट हुम्दीतर्फ जाने दुईवटा मोटर चल्ने पुल र विद्युत्का पोल पनि बगाएको छ । बाढीले स्थानीय देवीलाल लामिछाने, दण्डबहादुर विक, प्रवीण लामिछाने, गंगाबहादुर विक, प्रेम विक, राजमान विक, दिननाथ पौडेल, कमला परियार, नरबहादुर विक र काजी विकको घर बस्नै नमिल्ने गरी क्षति पु¥याएको प्रहरीले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!