चौध वर्षदेखि फरार महिला यसरि परिन प्रहरी फन्दामा

Posted on: 09 Aug, 2017

साउन २५, मोरङ । लागू औषध गाँजा मुद्दामा १४ वर्षदेखि फरार एक महिलालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा विराटनगर – १५ की ५५ वर्षीय धनेश्वरी साह सुडी रहेकी छिन् । उनलाई आज जिल्ला अदालत मोरङमा बुझाइएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोस निरौलाले जानकारी दिनुभयो । 

अदालतले साहलाई सजाय भुक्तानका लागि कारागार चलान गरेको छ । अदालतले लागु औषध मुद्दामा २०६० साल कात्तिक १९ गते साहलाई ११ महिना १९ दिन कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!