परशुरामधाम प्रचारप्रसारको अभावमा ओझेलमा पर्यो: स्थानीयवसी

Posted on: 10 Aug, 2017

साउन २६, डडेल्धुरा । डडेल्धुरा जिल्लाको भित्री मदेश क्षेत्रमा रहेको सुदूरपश्चिमको प्रमुख प्रसिद्ध धार्मिक पर्यटकिय स्थल परशुरामधाम प्रचारप्रसारको अभावमा ओझेलमा परेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।

परापुर्ब कालमा बिष्णुका अबतार मानिने परशुरामले तप गरेको क्षेत्रका रुपमा परिचित महाकालि नदी संगै रहेको परशुरामधाम ओझेलमा परेको भन्दै स्थानीय बासिन्दाले गुनासो गरेका हुन् ।

सरोकारबाला सम्बन्धित निकायबाट यसको संरक्षण सम्बद्धनमा खासै चासो नदिएको स्थानिय समाजसेवी राम सिं ठकुराठीले बताएका छन् । धार्मिक र पर्यटकिय रुपमा निकै मनोरम दृश्य भएको प्रसिद्ध परशुरामधामको प्रचारप्रसार तथा  संरक्षण सम्बद्धनमा सरोकारवाला निकाय संग बेलाबेलामा आग्रह गर्दा कुनै चासो नदिएको स्थानीयको भनाई रहेको छ ।

परशुराम धामको विकासका लागि दिर्घकालीन गुरु योजना बनाई प्रचारप्रसारका लागि सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्नेमा स्थानीयको जोड छ । नजिकको तिर्थलाई हेला गर्ने प्रबृतिले समेत यसको विकास हुन नसकेको जानकारहरुको भनाई छ  ।

डडेल्धुराको परशुराम धाममा परशुरामले गरेको यज्ञको अवशेस अझैँ पनि चुन ढुङगाको रुपमा बाँकी रहेको स्थानीयबासिन्दाको विश्वास रहेको छ । कार्तबिर्य र अन्य दैत्य प्रवृतिको अन्त्य गर्न परसुराम अवतार भएको जनविश्वास रहेको छ । महर्षि जमदग्नि र रेनुकाको कोखबाट जन्मिनु भएका परशुरामले महाब शालि राबणलाई पनि पराजित गरेका कार्तबिर्यलाई मारेको पुराणहरुमा उल्लेख गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!