कास्कीमा पहिरोले घर भत्किँदा तीनजना घाइते

Posted on: 11 Aug, 2017

साउन २७, कास्की । कास्कीको पोखरा–लेखनाथ महानगरपालिका–२६ बरालडाँडा गएराति गएको पहिरोले एक घर भत्किँदा तीन जना घाइते भएका छन् ।

स्थानीय वीरबहादुर लामाको घर पहिरोले भत्काउँदा लामासहित उनकी श्रीमती जमुना र छोरा अन्जन घाइते भएका हुन् । उनीहरुलाई गण्डकी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!