भिरबाट खसेको ढुंगा लागेर पर्यटकको मृत्यु

Posted on: 11 Aug, 2017

साउन २७, म्याग्दी । बेनी–जोमसोम सडक खण्डअन्तर्गत म्याग्दी र मुस्ताङको सीमाक्षेत्रमा पर्ने घोप्टेभिरबाट खसेको ढुंगा लागेर एकजना पर्यटकको मृत्यु भएको छ । 

मुस्ताङ भम्रण सकेर बेनीतर्फ फर्कदै गर्दा धासाङ गाउँपालिका–४ बाट अगाडि बढ्दै गर्दा २२ वर्षीय पासपोर्ट नम्बर ५१७७४९८४८ भएकी बेलायती नागरिक करलोट कम्मा कथरिना फुलरटनको मृत्यु भएको घाँसा प्रहरी चौकीले जनाएको छ । 

भिरबाट खसेको ढुंगा लागेर गम्भीर घाइते भएकी उनको उद्धार गरी लेते स्वास्थ्य केन्द्रमा उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको घाँसा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक गोपालबहादुर खत्रीले बताउनुभयो । 

उहाँका अनुसार फुलरटन आफ्नो दाइ र पथपदर्शकको साथमा भम्रणमा आएकी थिइन् । यसैबीच सोही घोप्टेभिर क्षेत्रमा माथिबाट खसेको ढुंगा लागेरे म्याग्दीको मंगला–५ का ४० वर्षका सवारी चालक दलबहादुर फगामी घाइते भएको प्रहरीले जनाएको छ । उनलाई थप उपचारको लागि पोखरा लगिएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!