गोसाइकुण्डको भेटी एक लाख

Posted on: 11 Aug, 2017


साउन २७, रसुवा । यस वर्ष धार्मिक तीर्थस्थल गोसाइकुण्ड मेलाका क्रममा भक्तजनले चढाएको भेटी करिब रु एक लाख संकलन भएको छ । 

गोसाइकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डिएमका अनुसार यही साउन १३ गते नागपञ्चमी र २३ गते जनैपुर्णेका दिन भक्तजनले मन्दिरमा चढाएको भेटी मेलापछि प्रहरीको रोहबरमा गणना गरिएको रकम रु ९९ हजार ५७५ संकलन भएको हो । 

उक्त रकममध्ये नागपञ्चमीका दिन रु ३६ हजार ७९० र श्रावण शुक्ल पूर्णिमाका दिन रु ६२ हजार ७८५ संकलन भएको हो । मेला सकिएसँगै अहिले गोसाइकुण्ड जाने बाटो पुरै सुनसान हुन थालेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!