मकवानपुरको भिमफेदी ८ मा पहिरो भित्र एक जना पुरिए

Posted on: 12 Aug, 2017

साउन २८, मकवानपुर | मकवानपुरको भिमफेदी गाउँपालिका वडानंम्बर ८ ईपा पाखाटोलमा पहिरो लडेर घर पुरीदा एक जनाको अझैपनि उद्धार हुन सकेको छैन । 

बिहान ६ बजे पहिरो लडेर थिचिएका स्थानिय मिठु दानिको अझैपनि पहिरो पन्छाएर झिक्न नसकिएको हो । पहिरोले पुर्दा मृत्यु भईसेकको हो वा जिबीतै छन् भन्ने कुरा अझै थाहा नसकेको जनाइएको छ। । पहिरोबाट उद्धार गरिएका अर्का एक जना घाईते भएका छन् । पाखाटोलका कृष्णबहादुर दानीको घर पुरीएको र घरले थिचेर एक जनाको अझै उद्धार गर्न कठिनाई भएको  भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताउनुभयो । 

घरले पुरीएका अर्का एकजना छिमेकी सरु खड्कालाई गाउँलेले घाईते अबस्थामा उद्धार गरेका छन् । दुईदिन देखि परेको अबिरल बर्षाका कारण पाखाटोलमा पहिरो गएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!