डोटीमा अरिङ्गालले टोकेर एक महिलाको मृत्यु

Posted on: 13 Aug, 2017

साउन २९, डोटी । अरिङ्गालले टोकेर आज यहाँ एक महिलाको मृत्यु भएको छ । 

अरिङ्गालले टोकेर दीपायल सिलगढी नगरपालिका– १ घटालीगाउँका २० वर्षीया पद्मादेवी जोशीको मृत्यु भएको हो । उहाँको उपचारका क्रममा राजपुरस्थित सुजङ अस्पतालमा मृत्यु भएको सो अस्पतालका सूचना अधिकारी अर्जुन बलायरले जानकारी दिनुभयो । 

अरिङ्गगालले टोकेर सोही घाउँकी १३ वर्षीया सीताकुमारी जोशी गम्भीर घाइते हुनुभएको छ । उहाँको सुजङ अस्पतालमै उपचार भइरहेको छ । दुवै जनालाई आज दिउँसो घाँस काट्ने क्रममा जंगलमा अरिङ्गालले टोकेको हो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!