रौतहटमा बाढीबाट मृत्यु हुनेको संख्या ११ पुग्यो

Posted on: 14 Aug, 2017

साउन ३०, रौतहट । रौतहटमा बाढीबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । 

बजार पसल, खेतबारी सबै डुबानमा परेका छन् । सदरमुकाम गौरमा एक फिटसम्म पानी जमेको छ ।

घरभित्र समेत ५ फिटसम्म पानी जमेको बताइएको छ । बाढीका कारण ३०० भन्दा बढी घर गोठ भत्किएर ढलेको अनुमान छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!