नेपाल प्रहरीमा १ हजार १ सय ७२ लाई जागिरको अवसर

Posted on: 15 Aug, 2017


साउन ३१, काठमाडौं ।  नेपाल प्रहरीले विभिन्न पदमा १ हजार १ सय ७२ जना जनशक्ति माग गरेको छ ।

मंगलबार एक सूचना प्रकाशन गर्दै प्रहरी निरीक्षकमा ९१ जनाको माग गरिएको छ । ९१ जनामध्ये ४९ जना खुल्ला तर्फबाट छनौट गरिनेछ । २ जना अमर तथा अशक्त प्रहरीको परिवार,१२ जना आदिबासि जनजाति ,१२ जना दलित ८ जना महिला र ६ जना मधेसी र २ जना पिछडा वर्गका कोटा लागि छुट्टाइएको छ । प्रहरी निरीक्षकमा दरखास्त दिनेले फाराम बापत ७ सय रुपैयाँ तिर्नुपर्छ ।

त्यसैगरी प्रहरी सहायक निरीक्षकको लागि ३ सय १४ जनाको माग गरिएको छ । जसमा १६९ खुल्लातर्फबाट माग गरिएको छ । बाँकि ६ अमर तथा अशक्त प्रहरीको परिवार, ४४ जना आदिवासी जनजाति, ३९ मधेसी २८ महिला, २१ जना दलित तथा ७ जना पिछडा वर्गको लागि कोटा छुट्टाइएको छ । 

यसको आवेदन फारामबापत भने ३ सय रुपैयाँ बुझाउनुपर्ने छ । प्रहरी जवानमा भने ७ सय ६७ जना माग गरिएको छ । जसमध्ये ४ सय १४ खुल्लातर्फबाट माग गरिएको छ । अमर तथा अशक्त प्रहरीको परिवारका लागि १५, आदीवासी जनजातीका लागि १ सय ८ जना, मधेसी ९४, महिला ६८ ,दलित ५१ र पिछडा बर्गका लागि १७ जना कोटा छुट्टाइएको छ ।

यसमा आवेदन दिन चाहनेले भने १ सय रुपैयाँ आवेदन फाराम बापत तिर्नुपर्ने नेपाल प्रहरीले जानकारी दिएको छ ।

थप जानकारीको लागि यहाँ किल्क गर्नुस  


यस बिषयमा तपाइको प्रतिक्रिया...!