बाजुरामा पहिराले खानेपानीको पाइप बगायो

Posted on: 15 Aug, 2017

साउन ३१, बाजुरा । बाजुराको बूढीगंगा नगरपालिका–२मा पहिराले खानेपानीको पाइप बगाएको छ । 

स्थानीय देवराज पाध्यायका अनुसार खानेपानीको पाइप पहिरोले बगाएपछि स्थानीय ७० परिवार खोलाको पानी खान बाध्य छन् । 

सोही वडाको मुसीगाउँको टोलमा रहेको सामुदायिक वनबाट आएको पहिरोले १०० मिटरसम्मको खानेपानीको पाइप बगाउनुका साथै पानीको ट्याङ्कीमा समेत क्षति पु¥याएको पाध्यायको भनाइ छ । 

जिल्ला खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालयको रु ३० लाखको आर्थिक सहयोगमा गिठीपानीबाट ल्याइएको खानेपानी निर्माण भएको डेढ वर्षमा नै पहिरोले बगाएको खानेपानी निर्माण समितिका अध्यक्ष भीमबहादुर थापाले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!