रोपाई जात्रा तथा रथ यात्रा निकालिँदै

Posted on: 15 Aug, 2017

जितेन्द्र खत्रि/साउन ३१, अर्घाखाँची । अर्घाखाँची युवा परिषद र साथी सहकारीको संयुक्त आयोजनामा परम्परागत रुपमा मनाउदै आएको रोपाई जात्रालाई पनि निरन्तरता दिने भएको छ ।

मंगलबार बसेको संयुक्त बैठकले परिषद र सहकारीको आज रोपाई जात्रा र रथ यात्रा निकालिने निर्णय गरेको छ । 

भोली भक्तिटोलामा रहेको शिवालय मन्दिरबाट रोपाई जात्रा निकाल्ने तयारी भईरहेको अर्घाखाँची युवा परिषदका अध्यक्ष कृष्ण प्रसाद भुसालले जानकारी दिनुभएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!