कैलालीमा बैदेशिक रोजगारीमा जानको सख्या बढ्दै

Posted on: 15 Aug, 2017

साउन ३१, कैलाली । कैलालीबाट बैदेशीक रोजगारमा जानेको सख्या बड्दै गएको छ । 

सुरक्षित आप्रवासन परियोजना कैलालीका अनुसार सन् २०१४÷१५मा ३ हजार ६ सय ७६ जना बैदेशिक रोजगारमा गएको तथ्याङ्क रहेको छ । त्यस मध्ये पुरुष ३ हजार ६ सय १५ जना र महिला ५८ जना रहेका छन । सन् २०१५/१६ मा २ हजार ३ सय ६७ जना गएकोमा पुरुष २ हजार २ सय ९५ र महिला ७२ जना रहेको सुरक्षित आप्रवासन परियोजनाको तथ्याङ्कले देखाएको छ ।

त्यस्तै सन् २०१६÷१७ मा ३ हजार ९ सय ८८ जना गएकोमा पुरुष ३ हजार ८ सय १२ र महिला १ सय ७६ जना रहेका छन् ।तथ्याङ्कलाई बिश्लेषण गर्दा सन २०१४÷१५ मा ३ हजार ६ सय ७६ जना बैदेशिक रोजगारीमा गएकोमा सन् २०१५/१६ मा २ हजार ३ सय ६७ जना गएका छन् । २०१४÷१५ भन्दा २०१५÷१६ बैदेशिक रोजगारीमा जानेको संख्या १३०९ ले घटेको छ । सन् २०१६÷१७ मा ३ हजार ९ सय ८८ जना बैदेशीक रोजगारीमा गएको देखिएको छ । 

२०१५÷१६को भन्दा् २०१६÷१७ बैदेशीक रोजगारीमा जानेको संख्या १७२१ले बढेको छ ।३ बर्षको अवधिमा कैलाली बाट १० हजार ३१ जना बिदेशिएका छन् ।नेपालमा रोजगारी नहुनु ,बिदेशबाट छोटो समयमा धेरै पैसा कमाउने लोभमा ठुलो संख्यामा कैलाली बाट बैदेशीक रोजगारीको लागी बिदेशीएको र कमै मात्रामा ओषधि उपचार र अध्यानको लागी नेपालि बिदेशि रहेको सुरक्षित आप्रवासन परियोजना कैलाली संयोजक पञ्चराम चौधरीले जानकारी दिनु भयो । -जीवन बिष्टको सहयोगमा 


यस बिषयमा तपाइको प्रतिक्रिया...!