कैलालीमा बाढीका कारण अस्पताल आउनेको बिरामीको संख्या बढ्यो

Posted on: 15 Aug, 2017

साउन ३१, कैलाली । केहीदिन यता घोडाघोडी अस्पताल सुखडमा बिरामीको चाप बढ्दै गएको छ । 

मौसम परिवर्तन तथा बाढीका कारण बिरामी बढेको अस्पताल स्रोतले बताएको छ । अबिरल बर्षाका कारण घोडाघोडी नगरपालिका लगायत अन्य ठाउँमा प्राकृतीक प्रकोप देखा परेको थियो ।

प्रकापका  कारण जरो,टाईफाइट र झाडापखालाका बिरामीको चाप बढेको अस्पतालका डा.महमोद अनसेकेले जानकारी दिनु भयो ।

दिनमा लगभग ५० जनाको हाराहारीमा  बिरामी आउने गरेको र त्यसमा पनि  झाडापखालका बिरामी दिनमा ३५को हाराहारी उपचारको लागी आउने गरेको उहाँको भनाई छ ।

मौसम परिवर्तन तथा प्राकृतिक प्रकोपका कारण बिरामीको संख्या बड्दै गएको भन्दै उहाले खानेपानि र खानेकुरा तथा सरसफाइमा बिशेष ध्यान दिन सुझाव दिनु भयो । -बिरेन्द्र शाहको सहयोगमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!