जुम्लामा बाढिपिडितका लागि राहत संकलन

Posted on: 16 Aug, 2017


नन्दराम जैशी/साउन ३२, जुम्ला । अनेरास्ववियु जुम्लाले बाढि पिडितहरुका लागि राहात संकलन अभियान थालेको छ ।

तराईका बाढि पिडित नागरिक हरुको सहयोगका लागि जुम्लामा सोमबार देखि राहात संकलन अभियान थालेको हो । अनेरास्ववियु जुम्लाको पुरै कार्य समितिको टोली राहात संकलन कार्यमा बेस्थ रहेको अध्यक्ष कविन्द्र महतले बताए । बाढि पहिरोबाट विस्तापित भएका तराईबासीहरुलाई जुम्लाबाट जति सकिन्छ सहयोग स्वरुप राहात पठाउने तयारी अनेरास्ववियु जुम्लाले गरेको छ ।

सोमबारदेखि अभियान थालेको पहिलो दिनमा १५ हजार राहात संकलन भएको अनेरास्ववियुका जिल्ला सचिव भरत नेपालीले जानकारी दिए । उनका अनुसार भने ५० हजार देखि १ लाख सम्म राहात संकलन गर्ने लक्ष्य छ । यसमा सहयोग गर्न सचिव नेपालीको अपिल छ  ।


संकलित  राहातलाई नेपाल सरकारको दैवि प्रकोप तथा राहात उद्धार कोष मार्फत सम्बन्धीत पिडितहरुको हातमा पर्ने गरी पठाईने छ । राहात रकममा हिनामिना  हुन नदिन लिखितम प्रतिबद्धता सहित पठाईने बताइएको छ । सोमबार देखि संचालन भएको राहात संकलन अभियान कम्तीमा पनि एक हप्ता संचालन हुने अनेरास्ववियू जुम्लाले जनाएको छ ।

हिमाललाई जोडो हुदा तराईले सेक्नु पर्ने तथा बाढि आए तराईमा पहाडले छेक्नु पर्ने भनाईलाई अनेरास्ववियु जम्लाले आत्मसात गरी हरेक दुखद कार्यमा सहानुभुतिका लागि काम गर्दै आएको नेकपा एमालले जनाएको छ । भने भुकम्पका बेला पनि जुम्लाबाट अनेरास्ववियुले  खाद्यन्न ढुवानी गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!