देश रोएको बेला सांसद जोशी नाच्दै

Posted on: 18 Aug, 2017

पर्वत । बाढीका कारण तराईका २६ जिल्ला डुबानमा परेका छन् । हालसम्म ६० भन्दा बढीको ज्यान गएको छ भने दर्जनौ बेपत्ता छन् । ५० लाख भन्दा बढी जनसंख्या प्रभावित  छ । सरकारले बाढी पीडितको उद्दार तथा राहतका लागि तिब्रता दिएको छ । आफ्नै पार्टीको नेतृत्वमा सरकार रहेको र देश रोएको बेलामा यहाँका एक सांसद भने तीजे मेलामा भोजभतेर र नाचगानमा व्यस्त भएका छन् । 

http://sajhasabal.com/uploads/contents/thumbs/

क्षेत्र नं १ पर्वतका नेपाली काँग्रेसका साँसद अर्जुनप्रसाद जोशी मोदी गाउँपालिकामा दर खाने कार्यक्रमको आयोजना गरे आगामी प्रदेशसभाको चुनावको लागि मतदाता फकाउन लागि परेका छन् । देश रोएको छ राहत र उद्दार कार्यमा सक्रिय भएर सरकारलाई सहयोग गर्नुको सट्टा उनी जिल्लामा दरखाने कार्यक्रममा व्यवस्त भएका छन् ।

आफ्नै पार्टीको नेतृत्वमा सरकार छ तर उनलाई दर खाने र नाच्ने चटारो छ ।

http://24sanchar.com/wp-content/uploads/2017/08/

यस बिषयमा तपाइको प्रतिक्रिया...!