प्युठानमा अल्ट्राधावक स्व. पण्डीतको नाममा सडक

Posted on: 18 Aug, 2017

सागर शर्मा । भदौ २,  प्युठान | विश्व कृतिमानी अल्ट्राधावक तथा पर्वतारोही स्व. सञ्जय पण्डितको नामबाट सडक नामाकरण गरिने भएको छ । प्युठान नगरपालिकाको प्रथम नगरसभाको उद्घाटन कार्यक्रम बाट स्वर्गीय पण्डितको सम्झनामा श्रद्धाञ्जली ब्यक्त गर्दै यस्तो निर्णय गरिएको छ । 

प्युठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतीले स्वर्गीय पण्डितको सम्मानको लागि प्युठान नगरपालिका ७ स्िथत निर्माणाधीन अवस्थामा रहेको टिकुरी बसपार्क देखि बाग्दुला बजारसम्म जोड्ने सडकको नामाकरण गरिने प्रस्ताव पारित भएको छ । सडक निर्माणका लागि नगरपरिषदमा ३० लाख वजेट विनियोजन हुने गरि पारित समेत गरिएको हो । 

पण्डितको संसारको ७ ओटा अग्ला हिमाल मध्य अमेरिका स्थित अलस्का हिमाल चढ्ने क्रममा असार २ गते २९ बर्षको उमेरमा निधन भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!