भारतमा पहिरोमा परि मृत्यु भएका थापाको शव भेटियो

Posted on: 18 Aug, 2017

लोकेन्द्र प्रशनद जोशी/भदौ २, दार्चुला । भारतको उत्तराखण्डस्थित मलपामा भीषण वर्षाका कारण गत साउँन ३० गते बिहान आएको बाढीपहिरोबाट दर्जनौ मानिस बेपत्ता, घाइते र मृत्यु भएको अनुमान गरीएको छ । पहिरो गएको सुरुकै दिनमा १७ जनाको मृत्यु र कम्तिमा ११ जना बेपत्ता भएको खुलेको थियो । जसमध्ये धेरै नेपाली मजदुरहरु समेत रहेको खुल्दै गइरहेको छ ।

भारतको बालुवाकोटमा जाजरकोट घर भएका एक नेपालीको सब भेट्टिएको छ । मालपा पहिरोमा २ जना नेपालीको सब यसअघि नै भेट्टिएको थियो । धारचुलाको मालपा पहिरो पछि जाजरकोट जिल्लाको कुसे गाउँपालीका ५ जर्गाउ बस्ने अन्दाजि ३० बर्षका बिरबहादुर थापाको सब भेट्टिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

भारतिय प्रहरीले नेपालीको सब भेट्टिएको बताएपछि बालुवाकोटबाट सब ल्याएर अन्तीम दाहसंस्कार गरीएको मृतकका भाइ शेर बहादुर थापाले जानकारी दिनुभयो । मालपा बाट महाकाली नदिले सब बगाएर बालुवाकोट पुर्याएको हो ।

मालपा पहिरोका कारण ठुलो मात्रामा जनधनको क्षति भएको छ । अझै धेरै मानिस बेपत्ता रहेको बताइएको छ ।  नेपाली कामदार सो क्षेत्रमा मजदुरीकालागी जाने भएकोले दार्चुला र अन्य जिल्लाका दर्जन बढी मानिसको ज्यान गएको हुनसक्ने अनुमान गरीएको छ ।

यसअघि सन् १९९८ अगस्ट १७ को राति भीषण बाढी सो क्षेत्रमा पहिरोले ६० जना कैलाश मानसरोवर दर्शनार्थी, आइटीबीपी पुलिस जवानसहित २ सय ६० जनाको ज्यान गएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!