नेपाल आइडलबाट सुरज थापा 'आउट'

Posted on: 18 Aug, 2017

भदौ २, काठमाडौँ | नेपाल आइडलबाट सुरज थापा बाहिरिएका छन् | नेपाल आइडलको 'गाला राउण्ड' अन्तर्गत आज भएको टप-६ मध्येका सुरज थापा नेपाल आइडलमा दर्शकहरुको कम भोट पाएर आउट बनेका हुन् | 

नेपाल आइडलबाट बाहिरिने क्रममा सुरजले नेपाल आइडल बाट बिदा लिनु परेपनि धेरै दर्शक र संगीत पारखीहरुको मायाँ पाएको भन्दै धन्यवाद दिएका छन् | आजको कार्यक्रममा 'बटन-थ्री'मा परेका सुजाता पाण्डे, निशान भट्टराई र सुरज थापा मध्ये सुरज बाहिरिएका हुन् | आजको कार्यक्रममा पहिलो पटक निशान भट्टराई समेत कम भोट पाउने मध्येमा परेका छन् | 

सुरजको बिदाईमा नेपाल आइडलमा 'जज' गरेकी इन्दिरा जोशी समेत रोएकी छन् | साथै सुरज बाहिरिँदा नेपाल आइडलका टप-५ मा रहेका प्रतिष्पर्धीहरु समेत भावुक बने | 

नेपाल आइडलमा अब बुद्ध लामा, सुजाता पाण्डे, निशान भट्टराई, प्रताप दास र सागर आले सहित ५ जनाको प्रतिस्पर्धा हुनेछ | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!