नागरीकलाई सूचनाको हकको प्रत्याभूति दिलाउने प्रतिबद्धता

Posted on: 19 Aug, 2017


नन्दराम जैशी/भदौ ३, जुम्ला । जुम्लाका सरकारी कार्यालय प्रमुख तथा सूचना अधिकारीहरुले नागरीकलाइ सूचनाको हकको प्रत्याभूति दिलाउने प्रतिबद्धता जनाएका छन् । 

१० औ राष्टिय सुचना दिवसको अवसरमा जुम्लामा शुक्रबार सम्पन्न भएको एक अन्र्तक्रिया कार्यक्रममा सहभागि जुम्लाका कार्यालय प्रमुख तथा सूचना अधिकारीहरुले नागरीकलाइ सुचनाको हकको प्रत्याभुति दिलाउने बताएका हुन् । 

सूचनाको हकसम्बन्धी ऐन र नियमावली बमोजिम प्रत्येक कार्यालयले सूचना माग सम्बन्धी निवेदनको छुट्टै दर्ता किताब र फाइल खडा गरी सूचना माग भएको र प्रवाह भएको विवरण अद्यावधिक गर्ने जुम्लाका सरकारी कार्यालयमा कार्यरत सुचना अधिकारीहरुको भनाइ छ । 

नागरीकको निबेदन अनुसार दिन मिल्ने सुचनामा कुनै ढिलासुस्ती नहुने दावि गर्दै दिन नमिल्ने सुचना माग्ने कार्यमा दबाब नदिन जिल्ला कृषि विकास कार्यालयका सुचना अधिकारी बालकराम देबकोटाले आग्रह गर्नुभयो ।    

अन्र्तक्रियामा सहभागि पत्रकार तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरुले प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सूचना अधिकारीको मासिक बैठक बसि सुचना प्रवाहको बिषयमा छलफल गरी निष्कर्ष निकाल्नु पर्ने बताएका थिए ।

पत्रकार महासंघ जुम्लाका उपाअध्यक्ष नेत्र बहादुर शाहिले प्रत्येक तीन (तीन महिनामा सूचना अधिकारीको सामूहिक पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी सूचना लिने र दिने संस्कृतिको विकास गर्दै पारदर्शिता, जवाफदेहिता र सुशासन कायम गर्नु पर्नेमा जोड दिनुभयो । 


स्थानिय हरीहर चौलागाँइले सरकारी कार्यालय तथा अन्य सेवाप्रदायक संस्थाले नागरिकलाई सहज सूचना प्रवाह गर्नुपर्ने तर्क गर्नुभयो । जुम्लाका सुचना अधिकारीहरुले सुचना प्रवाहमा प्रभावकारी भुमिका खेल्नुपर्ने, मिडियालाइ समानुपातिक सुचना प्रवाह हुनुपर्ने, अपारदर्शि कामको कमजोरी छिपाउन सुचना लुकाउन नहुने लगाएतका बिषयमा अन्र्तक्रियामा प्रश्न उठेका थिए ।    

सोहि अवसरमा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले सरकारको काम खुला र पारदर्शी बनाउँदै सरकारी तथा सार्वजनिक निकायलाई नागरिकप्रति जवाफदेही बनाउन सूचनाको हक सम्बन्धी ऐन आएको बताउनुभयो । सूचनामा आम नागरिकको पहुँच सजिलोसँग र्पुयाउँदै नागरिकको सुसूचित हुने हक संरक्षण गर्न सबै सुचना अधिकारी, संचारकर्मि, पत्रकार तथा अन्य सार्वजनिक निकायलाइ उहाँको अनुरोध छ । 

आगामि दिनमा सरकारी निकायले प्रत्येक महिनामा आफ्ना कार्यालयका गतिविधि सार्वजनिक गर्नुपर्ने उहाको भनाइ छ । संचारकर्मि पत्रकारहरुलाइ आम नागरीकको भलाइ हुने गरी सत्य, तथ्य र प्रमाणमा आधारीत रहेर सहि सुचना समयमै प्रवाह गर्न प्रजिअ सापकोटाले अपिल गर्नुभयो । 

जिल्ला समन्वय समितिका कार्यबहाक अध्यक्ष कार्मा बुढाले जिल्ला समन्वय समितिबाट हुने सुचना प्रवाहमा कुनै पनि कमजोरी नहुने भन्दै सहि सुचना माग्न सबैलाइ अपिल गर्नुभयो । साथै उहाले सोहि अवसरमा जिल्लाको विकासका लागि समयमै र सहि सुचना प्रवाह हुन आवाश्यक रहेको औल्याउनुभयो । विकासे काममा सबैलाइ साझेदारी गर्न अनुरोध गर्दै कसैले पनि सुचना लुकाउन नहुने उहाले तर्कगर्नुभयो ।      

  


यस बिषयमा तपाइको प्रतिक्रिया...!