इलाम बास्केट बल संघका अध्यक्षको शव माइखोलामा भेटियो

Posted on: 20 Aug, 2017

भदौ ४, इलाम | छ दिनअघि खोलाले बगाएर बेपत्ता बनेका इलाम बास्केट बल संघका अध्यक्ष रोहन आचार्यको शव शनिबार इलामको माइखोलामा फेला परेको छ । 

पौडी खेल्ने क्रममा माइखोलाले बगाएर बेपत्ता बनेका ३३ वर्षीय आचार्यको शव राजदूवालीस्थित शिव मन्दिरको छेउमा फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । शनिबार बेलुका नै शव स्काभेटरको सहयोगमा खोलाबाट बाहिर निकालिएको स्थानीय बासिन्दा विशाल भट्टराईले जानकारी दिनुभयो । 

व्यापक प्रहरी परिचालन गरी खोजी तीव्र बनाइए पनि शव फेला नपरेपछि खोलाले बगाएको दुई दिनपछि नै कुशको शव बनाएर आचार्यको हिन्दू संस्कारअनुसार दाहसंस्कार गरिएको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!