यातायातको सुविधा नहुँदा बाग्लुङको बडिगाडमा सुत्केरी महिला मृत्यु

Posted on: 20 Aug, 2017

भदौ ४, बागलुङ | बागलुङ जिल्लाको बडिगाड गाउँपालिका वडा नम्बर ७ सैरेनिमा हिजो साझ एक महिलाको मृत्यु भएको छ । 

हिजो साझ ८ बजे घरमा सुत्केरी भईकी बर्ष २० कि हिमा घर्तीको करिब १० बजे बच्चाको सङ नझरेपछि घरमै मृत्यु भएको हो । 

छोरा जन्माईकी घर्ती करिब २ घण्टासम्म लामो बेथा लागेपछी यातायातको असुविधाले डाक्टर ढिला आईपुग्दा मृत्युको सिकार  भएकी हुन् । तर नवजात शिशु रहेको परिवार श्रोतले जनाएको छ ।

मृतक सुत्केरी भिमगिठे माध्यमिक बिद्यालयमा कक्षा १२ मा अध्यानरत थिईन । उनका श्रीमान तिलक घर्ति अहिले बैदेशिक रोजगारीको तयारिमा काठमाडौमा छन् । यातायातको पहुँच नहुँदा उनको मृत्यु भएको परिवारले गुनाशो गरेको छ ।

सरकारले निशुल्क प्रसुति सेवा दिँदापनि समयमै स्वास्थ्यचौकी नजानु र घरमै सुत्केरी हुनुले महिलाहरुको ज्यान खतरामा रहेको चिकित्सकहरु बताउँछन् । सरकारबाट निशुल्क सेवा तथा स्वास्थ्यचौकीमै प्रसुती गराउंदा ठाउ हेरि सरकारले १० देखि १५ सयसम्म सुत्केरी खर्च दिने गरेको छ ।- बिमल खड्काको सहयोगमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!