कैलालीमा बस दुर्घटना हुँदा एकको मृत्यु, २१ जना घाईते

Posted on: 21 Aug, 2017


भदौ ५, धनगढी । कैलालीको खानीडाडामा यात्रुवाहक बस दुर्घटना हुँदा एक जना बृद्धको ज्यान गएको छ भने २१ जना घाईते भएका छन । 

धनगढीबाट डोटीको विपिनगरका लागि छुटेको बस  सोमबार दिउसो २ बजेतिर दुर्घटना हुँदा ७० वर्षिय नर बहादुर देउवाको घटनास्थलमै मृत्यु भएको  प्रहरीले जनाएको छ । 

मृतक देउवाको ठेगाना भने खुल्न सकेको छैन ।  घाईते सवैको कैलाली स्थित अत्तरीयाको पदमा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । 

बस सडक भन्दा झण्डै १ सय ५० मिटर तल खसेको जनाइएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!