करेन्ट लागेर एक युवाको मृत्यु

Posted on: 22 Aug, 2017

भदौ ६, पाल्पा । गए राति करेन्ट लागेर रैनादेवी छहरा गाउँपालिका–२ सोमादीका ३५ वर्षीय खुमबहादुर रेग्मीको मृत्यु भएको छ । 

करेन्टबाट घाइते भएका रेश्मीको उपचारका क्रममा युनाइटेड मिसन अस्पताल तानसेन पाल्पामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

सोमबार दिउँसो विद्युत् ट्रान्सफर्मर मर्मत गर्न बिजुलीको खम्बामा चढेका बेला उनलाई करेन्ट लागेको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!