अमगरढी नगरपालिकाले २२ छाडा पशुचौपाया नियन्त्रणमा लिई जंगलमा छोड्यो

Posted on: 22 Aug, 2017

ललित बोहरा ,डडेल्धुरा, भदौ ६ । डडेल्धुरा सदरमुकाममा रहेको अमरगढी नगरपालिकाले मंगलबार छाडा पशु चौपायाहरु नियन्त्रणमा लिएर सुरक्षित रुपमा जंगलमा छोडेको छ ।

अमरगढी नगरपालिकाका प्रमुख विशेश्वर प्रसाद ओझा र वडा नम्बर ५ का वडाध्यक्ष खेम राज पाठक लगायतका जनप्रतिनिधिहरुले छाडा पशु चौपायाहरुलाई नगरपालिकाको ट्क्याटरमा राखेर जंगलमा पुर्याएको हो ।

छाडा रुपमा सडकमा चौपाया छोड्नाले सवारी दुर्घटना हुने भएकाले आफूहरुले छाडारुपमा छोडिएका २२ चौपायाहरु सडकबाट हटाएको अमरगढी नगरपालिकाका प्रमुख ओझाले बताएका छन् ।

हिजो मात्र एक सार्वजनी सूचना जारी गर्दै नगरपालिकाले जिल्लाको बागबजार, तुफानडाँडा, स्याउले, क्रितिपुर, खलंगा र पोखराबजार क्षेत्रमा जथाभावी छाडा चौपाया नछोड्न आग्रह गरेको थियो ।

यस्तै भालीबाट अमरगढी नगरपालीकाले ५ जना नेपाल प्रहरीलाई बिशेष अधिकार दिई बजार क्षेत्रमा रहेको छाडा चौपायाहरु छोड्ने सम्बन्धीत ब्यक्ती ,जथाभावी रुपमा फोहर फालने, जथाभाबी पार्कीङ गर्ने, निमार्ण समाग्री राख्नेलाई लाई जरीवाना तथा कारवाही गर्ने अमरगढी नगरपालीकाले जनाएको छ ।

यस्तै नगरपालिकाले सडक छेउछाउमा राखिएका निर्माण सामाग्रीहरु  हटाउन  नगरपालीको आग्रह भने शिर्षकको समाचार रेडियो यूनिटीबाट प्रशारण भएपछि धेरै स्थानमा रहेको  समाग्रीहरु हटाईएको छन् । तुफानडाडाँ चोकमा रहेको गिटी बालुवा सडकको क्षेत्रबाट हटाएको अमरगढी नगरपालीकाले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!