मातृभूमीद्वारा ५० जना विद्यार्थीलाई शैक्षिक समाग्री वितरण

Posted on: 23 Aug, 2017


पर्वत । मोदीगाउँपालिका ६ मा रहेको महेन्द्र आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । मातृभुमिको लागि पर्वत सेवा समाज नेपालको आयोजनामा विद्यालयमा अध्ययन गर्ने ५० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो । उक्त कार्यक्रममा झण्डै ६० हजार खर्च भएको आयोजक संस्थाले जनाएको छ ।

शैक्षिक सामाग्री अन्तर्गत झोला, कापी तथा कलम र ईसिडी बिद्यार्थीहरुको लागि किताब बितरण गरिएको आयोजकले जनाएको छ । मोदी गाउँपालिका ६ तिलाहारका वडा अध्यक्ष अध्यक्ष बिमल लामिछानेले उक्त शैक्षिक सामाग्री विद्यार्थीलाई वितरण गरेका थिए । 

http://24sanchar.com/wp-content/uploads/2017/08/

वडा अध्यक्ष लामिछानेले रोजगारिको शिलशिलामा प्रबास रहेका नेपाली मनहरुको सहयोग बिद्याथीको लागि अबिश्मरणीय रहने भन्दै सहयोगी मनहरुलाई हार्दिक कृतज्ञता समेत ब्यक्तm गरे । उनले शिक्षाको विकास नभई देशको विकास नहुने भन्दै दलित र पिछडिएको समुदायलाई शिक्षित र जागरुक बनाएर अगाडी बढाउन सरकारले पनि ठोस कार्यक्रम ल्याउनुपर्ने कुरामा जोड दिए ।

पछाडी परेका समुदाय, गरिव, दलित जेहेन्दार बिद्याथीहरुको लागि शैक्षिक सामग्री सहयोग गरेको मातृभुमिका लागि पर्बत सेबा समाजका अध्यक्ष अर्जून प्रसाद पौडेलले बताए  । 

सोही अबसरमा बिहादी गाउँपालिका ३ घर भई आर्थिक अबस्था नाजुक भएको लक्ष्मी श्रेष्ठलाई नगद रु १० हजार सहयोग गरिएको थियो । उनकोे मुटुको भल्ब फेरेको र श्रीमान समेत बिरामी अबस्थामा रहेकोले उहालाई सहयोग गरिएको मातृभुमिका लागि पर्बत सेबा समाजका सचिब अर्जून निर्जन पौडेलले बताए । सो विद्यालयमा कुल विद्यार्थीमध्ये ४२ जना विद्यार्थी दलित समुदायका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!