खोलाले बगाएर तीन बालकको मृत्यु

Posted on: 24 Aug, 2017

भदौ ८, हेटौँडा । मकवानपुर जिल्लाको मनहरि गाउँपालिका–७ को मनहरि खोलामा बिहिबार ११: ३० बजे नुहाउन गएका तीन बालकको सोही खोलाले बगाएर मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा सोही स्थान बस्ने सुजन थिङका छोरा ११ वर्षीय अमन थिङ, दीपक रुम्बाका छोरा ७ वर्षीय अलेख रुम्बा र बाबुलाल रुम्बाका ७ वर्षीय प्रकाश रुम्बा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिनुभएको छ । 

यसैगरी, सोही वडा बस्ने तेजमान मोक्तानको १५ वर्षीय छोरा बुद्ध लामा मोक्तान सोही खोलाले बगाउँदा घाइते भएकाले उपचारका लागि चितवनस्थित मेडिकल कलेजमा पठाइएको मनहरि इलाका प्रहरी कार्यालयले जनाएको छ । मृतक तीन बालकको लास शवपरीक्षणका लागि मनहरिबाट हेटौँडा अस्पताल ल्याइएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!