एकै दिनमा दश फरार अभियुक्त पक्राउ

Posted on: 24 Aug, 2017


भदौ८, इनरुवा । सुनसरी जिल्ला अदालतबाट कैद तथा जरिवाना तय भई फरार १० जना अभियुक्त एकैदिन पक्राउ परेका छन् । 

कुटपिटको मुद्दामा फैसला भई फरार रहेका प्रतिवादीहरुलाई इलाका प्रहरी कार्यालय पकलीले एकै दिन पक्राउ गरी बुधबार सुनसरी जिल्ला अदालतमा बुझाएको छ । 

प्रहरीले कुटपिट मुद्दामा रामधुनीका पशुपति माझी, राजाराम माझी, दिलबहादुर माझी, बाबुराम माझी, सन्तोष माझी, चैतुदेवी थरुनी, अशोक माझी, शुकनारायण माझी, सुनिल विष्ट र सुयोग कार्कीलाई पक्राउ गरी अदालतमा बुझाएको प्रहरी निरीक्षक शान्तबहादुर कार्कीले जानकारी दिनुभयो । 

जिल्ला अदालत सुनसरीले आग्रह गर्दै कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेकाहरुलाई पक्राउ गरी सहयोग गर्न गरेको आग्रहअनुसार पक्राउ गरेर अदालतलाई बुझाएको इप्रका पकलीले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!