बाजुङको महेन्द्र शिखरी माविमा विद्यालय बन्द गरेर तीज मेला

Posted on: 25 Aug, 2017


पर्वत । हिन्दु नारीको महान पर्व हरितालिका तीजको अबसरपारेर मोदी गाउँपालिका ५  बाजुङमा तीज मेला चलिरहेको छ । महेन्द्र शिखरी माविनै बन्द गरेर स्थानीय नमूना युवा क्लबले मेलाकाे अायाेजना गर्दै अाएता पनि यस बर्ष भने राेट्याक्ट क्लब अफ पर्वत पोखराले आयोजना गरेको थियो ।


तीज मेलाको आयोजना गरेको हो । बर्षेनी विद्यालय बन्दगरेर तीज मेला गर्ने प्रचलन नै छ तर यहाँको प्रशासन र सरोकारवाला निकायलाई विद्यालयको शैक्षिक गुणस्तर विद्यार्थीहरुको चिन्ता छैन भन्ने कुराको पुष्टि पनि यहि कुराले गर्छ । 

संस्कृति जोगाउने नाउमा विद्यालयनै बन्द गरेर मेला संचालन गर्नु उपयुक्त नहुने   स्थानीय बताउँछन् । मेला आयोजना गर्नको लागि अन्य सार्वजानिक चौर भएता पनि बर्षेविच्छे विद्यालयनै बन्द गरी मेलाको आयोजना गर्नु विद्यालय प्रशासन विद्यालय र विद्यार्थीप्रति जिम्मेवार नहुनु स्थानीयको गुनासो छ । 

बाजुङ गाविसको सवैभन्दा पुरानो मावि भएता पनि त्यहाँको शैक्षिक गुणस्तरमा भने बृद्धि हुन सकेको छैन । बर्षेनी शैक्षिक गुणस्तर कमजोर हुदै  गएको छ । शिक्षकहरु स्थानीयनै भएका र सवै एक न एक राजनीतिक दलका आस्था राख्ने र पार्टीको झण्डा बोक्ने भएकाा कारण पनि त्यहाँको शैक्षिक गुणस्तर बृद्धि हुन सकेको छैन ।े

विद्यार्थीहरुको भविष्यलाई अन्धकारमा राखेर विद्यालयनै बन्द गरी मेला आयोजना गर्नु आफैमा त्रुटिपूर्ण भएता पनि यस विषयमा कसैले पनि आवाज उठाउन सकेका छैनन् । जिल्ला शिक्षा कार्यालयले पनि यस विषयमा खासै चाँसो देखाएको मानिदैन ।

विद्यालय प्रशासनसँग यस विषयमा जानकारी लिन खोज्दा सम्पर्क हुन सकेको छैन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!