तिज गीतमा राज गर्यो गौडाकोट राजाले

Posted on: 25 Aug, 2017


प्रेम सुनार/भदौ ९, गुल्मी । गुल्मीको सदरमुकाम तम्घासबाट रिडी सम्मको तिज गित नाच नियाल्दै जाँदा सवै भन्दा उत्कृष्ट र अपार भिड देखियो  गौडाकोटको राजामा आयोजित तिज गित  । 

वर्षेनी  गौडाकोट न्यु दिपज्योति युवा क्लवले  आफ्नो वार्षिकोत्सवको अवसरमा आयोजना गर्ने तिज गीत  प्रतियोगिता मध्ये उसैको लागि पनि यस वर्षको तीज गीत कार्यक्रम अहिले सम्म कै भव्य थियो ।

१८ औं वार्षिकोत्सवको अवसरमा भदौ ४  गते देखि भलिवल प्रतियोगिताको उद्घाटन सत्रबाट सुरु भएको वार्षिकोत्सवमको समापन समारोह लगत्तै सुरु भएको तीज गीत प्रतियोगितामा विभिन्न गाउँबाट सहभागि दिदी वहिनीहरुले मौलिकता पस्कीन सफल भएका थिए । 

सदरमुकाम तम्घासको चिदीचौर देखि रिडी सम्मका दर्जनौं स्थानहरुमा तीज गीत कार्यक्रम भएको भए पनि तम्घास सम्मका युवा युवतीहरुको भिड राजको त्यसै कार्यक्रममा थियो । मगर समुदायको वाहुल्य रहेको साविकको गौडाकोट , विरवास यता साविकको दुविचौरका चेलीहरुको भेषभुषा परपरागत थियो । 

राजारुन्खा माध्यामिक विद्यालयको प्राङ्गाणमा आयोजित तिज गीत प्रतियोगितामा नेपाल राष्ट्रिय मगर संघका कार्यवाहक अध्यक्ष श्रीप्रसाद भलामीको प्रमुख आतिथ्यता रहेको थियो । गुल्मी दरवार गाउँपालिकाका प्रमुख अशोककुमार थापा , जिल्ला समन्व्य समितिका शाखा अधिकृत खड्गबहादुर थापा सहित दर्जनौं जनप्रतिनिधी र विभिन्न क्षेत्रका अगुवाहरुको विशेष आतिथ्यता रहेको कार्यक्रममा सहभागीहरुलाई मैदान अपर्याप्त हुँदा बन्दै गरेका छतहरु समेत अपुग भई रहेको थियो । 

भलिवल खेल तर्फ ३० हजार नगद पुरस्कार सहित प्रथम स्थान हाँसिल गर्न सफल भएको छ फ्रेण्डस युवा क्लव बडागाउँ । त्यसको नगद पुरस्कारको सौजन्य गरेका थिए साविकको गौडाकोट ४ घर भई वेलायतमा कार्यरत टोपबहादुर पल्लीले ।  दृतिय भएको छ ईन्द्रेणी युवा क्लव गौडाकोट–१ । उसले २० हजार नगद पुरस्कार हात पारेको छ । त्यसको शौजन्य गरेका थिए साविकको गौडाकोट ४  घर भई जापानमा कार्यरत मेयरसिंह पल्लीले । 

१० हजार नगद पुरस्कार सहित तेश्रो स्थानमा चित्त बुझाउनु प¥यो आयोजक टिमले ।  त्यसको सौजन्य कर्ता थिए गौडाकोट ३ घर भई बुटवलमा बस्ने रोहित भुसालले । १० टिम सहभागी तिज गीत तर्फ रेसुङ्गा नगरपालिका १३ को घोर्ले युवा क्लव प्रथम स्थान हाँसिल गरेको छ । 


उसले १५ हजार नगद पुरस्कार प्राप्त गरेको थियो । १० हजार नगद सहित दोश्रो स्थान हाँसिल गरेको छ छत्रदेवि युवा क्लव छत्रकोट गाउँपालिकाले । ५ हजार नगद सहित तेश्रो भएको छ प्रगतिशिल युवा समुह भट्टेचौर ।

उत्कृष्ट नृत्याङक भएकी छिन रेनपा १२ घोर्लेकी गोमा तङनामी । उनले १० हजार नगद पुरस्कार पाएकी छिन् ।  कार्यक्रम व्यवस्थापनका लागि साविकको गौडाकोट गाविसले २५ हजार रुपैयाँ विनियोजन गरेको थियो । त्यस्र्तै गौडाकोट पुर्खेका नविन गाह, रेसुङ्गा मिनी माईक्रो यातायात व्यवस्थापन समिति  र नेपाल मगर संघ गौडाकोटका अध्यक्ष भोजबहादुर पुलामीले ५ हजारका दरले सहयोग गरेका थिए भने त्यो भन्दा तलको रकम सहयोग गर्ने दर्जनौ रहेको सचिव अनित बिकले बताए । 

गौडाकोटलाई हरेक वर्षको तीज कार्यक्रमलाई जिल्लाकै उत्कृष्ट र भव्य बनाउन जापान र युकेमा कार्यरत गौडाकोटवासीको देन रहेको अध्यक्ष पदमबहादुर पल्लीले जानकारी गराए । क्लवका अध्यक्ष पदमबहादुर पल्लीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सल्लाहकार दिलबहादुर खासुको स्वागत मन्तव्य र  सचिव अनिल बिकको सञ्चालन रहेको थियो ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!