हुम्लामा पहिरोको कारण ४ परिवारका १४ जनाविस्थापित

Posted on: 25 Aug, 2017

रेशम राज रोकाया/भदौ ९, हुम्ला । अत्याधिक वर्षाको कारण ४ घर परिवारका १४ जना विस्थापित भएका छन् । 

सर्केगाढ गाउँपालिकाको वडा नं ८, राहदेव गाउँ कातुलराज रोकाया, गच्चबहादुर रोकाया, धनपाउ रोकाया र घण्टपाल रोकायाका परिवार विस्थापित भएका हुन् । घर मुनीको जग्गाको जग र माटो चिप्लिँदै गएपछि घरको पर्खालको केही भाग भत्कन थालेको विस्थापित तुलराज रोकायाले जानकारी गराएका छन् । 

घरको दायाँबायाँ र घर मुनीको माटो वर्षाको कारण बगाउन थालेको र घरको जग समेत भत्कन थालेपछि आफुहरु घरबाट विस्थापित भई पाल हालेर बसेको समेत बताईएको छ । यस वर्ष अन्यवर्ष भन्दा अध्याधिक वर्षा हुँदा यस्तो हुनगएको बुझिएको छ । रातीभरी निद्रा लाग्दैन, घरका सबै सामान बाहिर निकालेका छौं । 

उज्यालो हुँदा घर छ कि छैन भनेर हेर्न जाने गरेको र घरको छतमाचढ्न समेत डरलाग्दो अवस्था रहेको विस्थापित गच्चबहादुर रोकायाले बताउनु भयो । छोरा छोरी चिसोमा बाहिर खुला ठाउँमा नै बस्ने गरेका छौं । धेरै हावा र पानीपर्दा चिसोको कारण बालबालिका सुत्न नसकी अनिदो समेत बस्नु परेको बताईएको छ । 

विस्थापित गच्चबहादुर रोकायाको घरभन्दा दक्षिणमा रहेको जग्गा पुरै पहिरोको कारणबगाईसकेको छ भने त्यहाँलगाईएको करिब ३० हजार अनुमानितअन्नबालीको नोक्सान समेत भएको बताउनु भयो । माटो बगाउँदै लगेको छ, घरमुनी रहेको बाटो र पर्खाल बगाउँदै छ, घरको केही भाग भास्सिँदै छ कतिखेर भत्कने हो कुनै निश्चित छैन । वर्षौदेखी बल्लतल्ल लगाएको घर यसरी बगाउन लाग्दा अब कसरी घर लगाउने भन्नेमा विस्थापितले चिन्ताव्यक्त गरेका छन् । 

प्राकृतिक प्रकोप पनि गरिबलाई नै छानीछानी पिडा दिने गरेको, घरमा ५ जना छोराछोरीलाई के गरेर खुवाउने भन्ने समस्या एकातिर भएको बेला घर भत्कन लाग्दा मन थामी नसक्नु गरी पिडा भएको गच्चबहादुर रोकायाले पिडा व्यक्त गर्नुभयो । 

क्षतीको विवरण लिनको लागि सर्केगाढ प्रहरी चौकीबाट एक टोलीखटेर घटनाको विवरण हिजो नै लिएको भएतापनिआज परेको पानीले झन् अवस्था कष्ठकर बन्दै गईरहेको छ । विहान भारी वर्षा हुने गरेको र थप जनजीवन कष्टकर बनाउँदै लगेको बुझिएको छ । घर दक्षिणमा रहेको करिब २ रोपनी जग्गाको कोदो, चिनु, सिमिबगाएर लगेको छ । विस्थापित परिवार हाल स्थानिय प्रशासनलाई सहयोगको लागि हारगुहार गरिरहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!