ओखलढुंगामा चट्याङ र करेन्ट लागेर दुई महिलाको मृत्यु

Posted on: 26 Aug, 2017

भदौ १०, ओखलढुंगा । ओखलढुंगामा करेन्ट लागेर १ महिलाको मृत्यू भएको छ । 

जिल्लाको सिद्धिचरण नगरपालिका १० बेतीनी निबासी ढककुमारी धमलाको करेन्ट लागेर मृत्यू भएको हो । शुक्रबार साँझ बारीबाट घाँस लिएर घर फर्कदै गर्दा विद्युतको तार टाँगिएको बाँसको पोल ढलेर करेन्ट लाग्दा ३५ वर्षिया धमलाको घटना स्थलमै ज्यान गएको निमिक्त जिल्ला प्रहरी प्रमुख टिका कार्कीले जानकारी दिनुभयो । 

उहाँका अनुसार चट्याङ लागेर अर्की एक महिलाको मृत्यू भएको भएको छ । विहिबार साँझ परेको चट्याङ लागेर मोलुङ गाउँपालिका ७ कि फुर्वा शेर्पाको मृत्यू भएको हो । ६३ वर्षिया शेर्पाको घरैमा चट्याङले लाग्दा ज्यान गएको बताईएको छ ।  

जिल्लामा अव्यवस्थित विद्युतीकरण र पूर्वसतर्कताको अभावमा चट्याङ र करेन्टले वर्षेनी ठुलो जनधनको क्षेती हुने गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!