वर्दिया–पोखरा सम्पर्कमञ्चमा पौडेल

Posted on: 26 Aug, 2017

पोखरा १०, भदौ |वर्दिया पोखरा सम्पर्क मञ्चको संयोजकमा  दिपक  पौडेल चयनभएका छन् । विभिन्न पेशाव्यवसाय र कामविशेषले पोखरा आएर वसेका वर्दियावासीको भेलाले नौ सदस्यीय तदर्थ समिती चयन गरेको हो । भेलाले सदस्य सचिवमा प्रदिप पौडेल तथाआर्थिक संयोजकमाअस्मिता सापकोटालाई चयन गरेको छ ।  भेलाले सचिवालय सदस्यहरुमा मनोज अधिकारी, सूर्य सापकोटा, विष्णु देवकोटा, लिलाराम तिमिल्सेना, शान्ती त्रिपाठी र मिलन पौडेललाई चयन गरेको छ भेलाले पाँच सदस्यिय सल्लाहकार पनिचयन गरेको छ । सल्लाहकारहरुमा शिववाँस्तोला, नवराजअधिकारी, कृष्ण आचार्य, ईश्वर देवकोटा र युवराज तिमिल्सेनालाई चयन गरिएको संयोजक दिपक पौडेलले जानकारी दिए । 

कार्यक्रममा नेकपाएमाले कास्कीका प्रचार विभाग प्रमुख तेजनारायण अधिकारीले  राजनीतिकआस्थाभन्दापनि सवैलाई समेटेर अगाडी वढ्न अनुरोध गरे । उनले वर्दियावाट आएका सवै एक भएर संस्थागतहितमालागेमामात्रै देश समृद्धीको वाटोमालाग्ने धारणा राखे । 

कार्यक्रममा संयोजकचयन पछि संयोजक पोडेलले वर्दियावाट पोखरा आएर वसेकाहरुलाई कुनै पनि समस्यापर्दा संस्थागत सहयोग गर्ने प्रतिवद्धता जनाए । आपसी भाईचारको सम्वन्धविकास गर्न र संस्थागत रुपमा काम गर्न सकेमा पोखरामा वर्दियालाई राम्ररी चिनाउन सकिने धारणा राखे । कार्यक्रमको संचालनका साथै कार्यक्रम माथी प्रकाश पार्दै कुनै पार्टी वादल समर्थीतभन्दापनि  सम्पुर्ण वर्दिया समर्थीत भएर काम गर्न कालागि मञ्चको स्थापना गरिएको जानकारी दिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!