क्यान महासंघ कास्कीमा युवराज पौडेल

Posted on: 26 Aug, 2017

पोखरा १०, भदौ । कम्प्युटर एशोसिएसन महासंघ नेपाल कास्की शाखाको अध्यक्षमा युवराज पौडेल निर्वाचित भएका छन् । शाखाको शनिबार सम्पन्न १०औं साधारणसभा तथा सातौं अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । शाखाको प्रथम उपाध्यक्षमा नविन पौडेल, द्वितीय उपाध्यक्षमा रूक्मागत भण्डारी विश्वास, सचिवमा विकास भुर्तेल, कोषाध्यक्षमा राजेन्द्र तिवारी, सहसचिवमा सेवक क्षितिज निर्वाचित भएको निर्वाचन अधिकृत एवं पूर्व अध्यक्ष इविन्द्रराज तिवारीले जानकारी दिए ।तीर्थराज सुवेदी, मातृका पोखरेल, घननाथ सापकोटा, महेन्द्र भुर्तेल, सुरेश सापकोटा, सुनिल पाण्डे र सवि शेरचन सदस्यमा निर्वाचित भएका छन् । निवर्तमान अध्यक्ष चिन्तामणि बास्तोला पदेन सदस्य रहने व्यवस्था छ ।

पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रवीन्द्रबहादुर प्रजूको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । उक्त अवसरमा क्यान महासंघका केन्द्रीय सदस्य तथा पश्चिमाञ्चल क्षेत्रीय प्रतिनिधि अशोकबाबु राना, कास्कीका संस्थापक अध्यक्ष जगनबहादुर गुरुङ, ला–ग्राण्डी कलेजका प्रिन्सिपल किरण केसी, पोखरा भाँडा व्यवसायी समितिका अध्यक्ष डिबी भुजेल, क्यान महासंघ तनहुँका अध्यक्ष तुलसी पाण्डे लगायतले सूचना तथा प्रविधिका विषयमा धारणा राखेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!