शिक्षकलेनै गरे, विद्यालयलाइ निशुल्क जग्गा दान

Posted on: 27 Aug, 2017

नन्दराम जैशी/भदौ ११, जुम्ला । खड्गदेवि माध्यामिक विद्यालय मणिसाँघु जुम्लाका सहप्रधानाध्यापक रमेश प्रकास महताराले विद्यालयलाइ निशुल्क जग्गा दान गर्नुभएको छ । 

सहप्रधानाध्यापक महताराले विद्यालयलाइ आवाश्यक २ सय ८५ बर्ग मिटिर जग्गा निशुल्क दान गर्नुभएको हो । जग्गाधनि महताराको नाममा रहेको १ सय ६८ किक्ता नंबरको जग्गा उहाले विद्यालयको नाममा पास गर्नुभएको छ ।

आफ्नी श्रिमति स्वर्गिय सुन्तली महताराको सम्झनामा विद्यालयलाई निशुल्क जग्गा दान गरेको सहप्रधानाध्यापक महताराले बताउनुभयो । विद्यालयका संस्थापक तथा उहाँका बाजे खड्ग प्रसाद महतारा र देवि प्रसाद महताराको नामबाट विद्यालयको नाम खड्गदेवि मावि रहेको हो । विगत ३४ बर्षदेखि शिक्षक पेशामा कार्यरत उहाँ समाजसेवामा पनि तत्पर रहनु भएको छ ।

विद्यालयको भौतिक संरचनालाइ बलियो बनाउन आफै जग्गा दान गर्नुभएका शिक्षक महताराले विद्यालयको भौतिक संरचना ब्यवस्थीत भएमा शैक्षिक ब्यवस्थापनमा पनि सहयोग पुग्ने दावि गर्नुभयो । खड्गदेवि माध्यामिक विद्यालयका प्रधानाध्यापक विष्णुभक्त शर्माका अनुसार विद्यालयले निशुल्क जग्गा प्राप्त गरेसँगै खेलमैदानको विस्तार भएको छ ।

जसले गर्दा विद्यार्थिहरुलाइ सांस्कृतिक तथा खेलकुदका कार्यक्रम संचालन गर्न सहज हुने भन्दै प्रधानाध्यापक शर्माले उहालाइ धन्यबाद ब्यक्त गर्नुभयो । विद्यालयका लागि २ सय ८५ बर्ग मिटर जग्गा निशुल्क प्राप्त भएपछि ४ कोठाको दुइवटा भवन निर्माण गर्ने लक्ष्य रहेको उहाको भनाइ छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!