डडेल्धुरामा राष्ट्रिय गौरा महोत्सव १५ देखि १८ गते सम्म

Posted on: 27 Aug, 2017

भदौ ११, डडेल्धुरा । सुदूरपश्चिमेलीहरुको महान पर्व गौराको अवसरमा डडेल्धुरामा राष्ट्रिय गौरा महोत्सव आयोजना हुने भएको छ ।

विगतका वर्षहरुझै यस वर्ष पनि राधाकृष्ण मन्दिर विकास समिति डडेल्धुराले ‘राष्ट्रिय गौरा महोत्सव २०७४’ आयोजना गर्न लागेको हो । गौरा महोत्वस यही १५ देखि १८ गते सम्म जिल्ला सदरमुकामको बसपार्कमा आयोजना हुने आयोजक राधाकृष्ण मन्दिर विकास समिति डडेल्धुराले जनाएको छ ।

आफ्नो संस्कृति संरक्षण गर्ने उद्देश्यले आयोजा हुने महोत्सवमा सुदूरपश्चिमका सम्पूर्ण क्षेत्रका व्यक्तिहरुलाई महोत्वसमा सहभागिता जनाइदिन हुन राधाकृष्ण मन्दिर विकास समितिका अध्यक्ष देवराज भट्टले आग्रह गरेका छन् ।

राष्ट्रिय गौरा महोत्सवको १५ एक औपचारीक कार्यक्रमका बीच उद्धघाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष भट्टले बताएका छन् । सोही दिन देउडा, चैत, धुमारी लगायतका सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ ।

१७ गते गौरा देवीका निरन्तर कार्यक्रमहरुसँगै महिला र पुरुष देउडा प्रतियोगिताहरु संचालन गरिने राधाकृष्ण मन्दिर विकास समितिले जनाएको छ ।

तीन दिन सम्म चल्ने उक्त महोत्सवमा गौरा नाच, फाग सहित चैत हुड्केली, बालोनाथ घुईचम्फा, अठेवाली जस्ता कार्यक्रमहरु हुनेछन् ।

भदौ १८ गते गौरा नाच, फाग, बालु नाच, गौरादेवीलाई पुजाआजका साथ श्रीकृष्ण मन्दिरमा सेलाउने र गौराका विविध कार्यक्रमका साथ पुरस्कार वितरणका साथै नतिजा प्रकाशन र गौरा समापनको कार्यक्रम रहेको समितिले जनाएको छ । साथै आयोजकले देउडा प्रतियोगितामा सहभागी जनाउन चाहाने देउडीयालाई यही १४ गते सम्म नाम दर्ता गाराउन पनि अनुरोध गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!