दशवटा ट्र्याक्टर नियन्त्रणमा

Posted on: 27 Aug, 2017

भदौ ११,धनगढी । कैलालीको खुटिया नदीबाट अवैधरुपमा बालुवा ल्याउँदै गरेका १० वटा ट्र्याक्टरलाई शनिबार प्रहरीले स्थानीय जाखोर ताल क्षेत्रबाट नियन्त्रणमा लिएको छ । 

वडा प्रहरी कार्यालय धनगढीका प्रमुख हिक्मत थापाको नेतृत्वमा खटिएको टोलीले बालुवा लिएर आउँदै गरेका १० वटा ट्र्याक्टरलाई चालकसहित नियन्त्रणमा लिएको जिप्रकाका प्रवक्ता वीरबहादुर बुढामगरले बताउनुभयो । 

नियन्त्रणमा लिइएकालाई जिल्ला समन्वय समितिको जिम्मा लगाउने प्रहरीले जनाएको छ । 

सरकारले असार, साउन र भदौ महिनामा नदी तथा खोलबाट ढुंगा गिट्टी बालुवालगायतका नदीजन्य वस्तु उत्खननमा रोक लगाएको भए पनि कैलालीका नदीमा यी वस्तुको लुकीछिपी चोरी हुने गरेको छ । 

नदी र खोलामा नदीजन्य वस्तुको उत्खनन जथाभावीरुपमा ठूलो परिमाणमा हुने गरेका कारण नदीको प्राकृतिक स्वरुप नै बिग्रिन गई वातावरणमा प्रतिकूल असर पुग्न थालेको मात्र नभई वर्षायाममा डुबान र कटानको समस्या बढ्दै गएको जानकारहरु बताउँछन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!