सरोकारवालासँगको छलफल सम्पन्न

Posted on: 19 Dec, 2015

प्रकाश धौलाकोटी/ पुस ४, तेह्रथुम । एक्सनएड अन्तरािष्टय नेपालको सहयोगमा तेह्रथुमका विभिन्न १० गाविसमा सन्चालित महिला समूह मजबुतिकरण परियोजनाको मुल्याकंनकालागि आएको टोलीले आज जिल्ला स्थित सरोकारवालाहरुसँग छलफल गरेको छ । जिल्लास्थित दलित सचेतना समाज नेपाल र देउराली सोसाइटीको सहजीकरणमा चलिरहेको परियोजना अन्तर्गत भएका कार्यक्रम र गतिविधिहरुको लेखाजोखाकालागि टोलीले छलफल गरेको हो । एक्सनएडसँगको सहकार्यमा आएको मुल्याकंनकर्ताहरुसहितको टोलीले तेह्रथुम जिल्लास्थित विषयगत कार्यालयका प्रमुख, सरोकारवाला निकाय र पत्रकारहरुसँग छलफल गरेको हो । कार्यक्रममा सहभागी जिल्लाका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुले कार्यक्रम सन्चालन भएपछि भएका प्रगति र उपलब्धिबारे जानकारी साथै स्थलगत अवलोकन गरेका पत्रकारहरुले देखिएका उपलब्धिहरुबारे जानकारी गराएका थिए । यस्तै टोलीले गाउँ गाउँमा परियोजनाअन्तर्गत गठन भएका महिला समूहका प्रतिनिधि र परियोजना अन्तर्गत कार्यरत कर्मचारीहरुसँगपनि आजै छलफल गरेको छ । तेह्रथुमको छथर क्षेत्रका हमरजुंग, सुदाप, ओख्रे, फाक्चामारा र पन्चकन्या गाविसमा दलित सचेतना समाज नेपाल र आम्बुंग, मोराहांग, पौठाक, श्रीजुंग र ओयाक्जुंग गाविसमा देउराली सोसाइटीको सहजीकरणमा महिला समूह मजबुतिकरण परियोजना लागु भएको थियो । ३ वर्ष अघिबाट सन्चालन भएको कार्यक्रम अन्तर्गत यी गाविसका ११ सय बढी महिलाहरुको क्षमता अभिवृद्धि तथा आयआर्जनमा सुधार आएको छ । परियोजना यसवर्षबाट सकिन लागेको दलित सचेतना समाज नेपालका निर्देशक कुमार विशंखेले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!