रोट्याक्ट सम्मेलन पर्वतमा हुदै

Posted on: 28 Aug, 2017

पर्वत । सामाजिक क्षेत्रमा क्रियाशिल रोट्याक्ट क्लबहरुको यहि भदौको अन्तिम सातामा पर्वतमा बृहत भेला हुने भएको छ । देशभरीका  झण्डै १ सय २० रोट्याक्ट क्लबका अध्यक्ष, सचिव सहितको बृहत भेला पर्वतमा हुन लागेको हो ।

रोट्याक्ट क्लब अफ पर्वत र बाग्लुङको व्यवस्थापनमा  यहि भाद्र ३१ गते बृहत रोट्याक्ट सम्मेलन हुने पर्वतका अध्यक्ष मिलन पौडेलले बताए ।

देशभरका रोट्याक्ट क्लबमा आबद्ध साथीहरुलाई पर्वतमा भित्राउँदै छौ यसले जिल्लाको पर्यटन र होटल व्यवसायी क्षेत्रमा ठूलो टेवा पुग्ने विश्वास गरेका छौं  पौडेलले भने । रोट्याक्ट सम्मेलनले जिल्लाको पर्यटकीय क्षेत्रको प्रर्बद्धनलाई समेत मद्दत पुग्ने उनले बताए । 

जिल्लाको पर्यटकीय क्षेत्रको प्रर्बद्धन गर्नको लागि हामीलाई ठूलो मौका मिलेको छ । यसले आन्तरीक तथा बाह्य पर्यटकहरुलाई जिल्ला भित्राउन ठूलो मद्दत गर्ने अपेक्षा राखिएको छ । रोट्याक्ट सम्मेलनका संयोजक क्लबका पूर्व  अध्यक्ष विनोद आचार्यले भने । सम्मेलनमा देशभरका झण्डै ६ सयको हाराहारीमा रोट्याक्टरहरु सहभागी हुने अनुमान गरिएको उनले बताए ।

सम्मेलनको सहभागिता अनुसार होटल व्यवस्थापन गरिने र पर्वतका होटलहरुमा अतिथि व्यवस्थापनमा असहज भए बागलुङमा समेत व्यवस्थापन गर्ने तयारी गरिएको आचार्यले बताए ।

विशेषत क्लवले बागलुङ कालिका मन्दिर, पर्वतका तीन अग्ला झोलुङ्गे पुल, गुफा, यान्त्रिक पुल, शालिग्राम शिला लगायतका पर्यटकीय क्षेत्रहरुलाई पर्यटकीय गन्तव्यका रुपमा अंगालेको छ । आर्थिक व्यवस्थापनका लागि विभिन्न सरकारी गैरसकारी निकाय, प्याब्सन, होटल व्यवसायी लगायतसँग अनुरोध गर्ने कार्यक्रम तय गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!