हाइसको ठक्करबाट एकको मृत्यु, चार जना घाइते

Posted on: 28 Aug, 2017

भदौ १२, स्याङ्जा । स्याङ्जाको वालिङ ९ भूम्रेमा आज विहान हाइसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । 

वडा प्रहरी कार्यालय वालिङकाअनुसार ग १ ख ३५७९ नम्बरको हाइसको ठक्करबाट पर्वत घर भई हाल वालिङ– ९ भूम्रेमा बस्दै आएकी १२ वर्षीया अमिसा थापाको मृत्यु भएको हो । 

बिहान ९.३० बजे ओरालोबाटोमा हाइसको ब्रेक फेल भएर भएको सो दुर्घटनामा परी वालिङ– ९ का ५५ वर्षीय बद्री श्रेष्ठ, १३ वर्षीया निर्जला श्रेष्ठ, २८ वर्षीय लोकप्रसाद कुमाल र १८ वर्षीय अर्जुन कुमाल घाइते भएका छन् । 

घाइतेको अवस्था गम्भीर रहेको र उपचारका लागि उनीहरुलाई पोखरा पठाइएको जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!