बाजुराका वडाध्यक्षद्वारा २५ बिरामीलाई झुल वितरण

Posted on: 28 Aug, 2017

भदौ१२,बाजुरा । पछिल्लो समय मौसम परिवर्तन भएसँगै जिल्ला अस्पतालका बिरामीलाई वडाध्यक्षको पहलमा झुल वितरण गरिएको छ । 

बडिमालिका नगरपालिका–८ का वडाध्यक्ष प्रकाशबहादुर रावलको पहलमा जिल्ला जनस्वास्थ्य अधिकृत रमेश कुँवरले २५ जना बिरामीलाई झुल प्रदान गर्नुभएको हो अस्पतालमा लामखुट्टेको टोकाइबाट एक महिनामा २६ जना औलोका र नौजना मलेरियाका बिरामी भर्ना भएका थिए 

उपचारका लागि भर्ना भएका अन्य रोगका बिरामीलाई राति सुत्ने बेला लामखुट्टेले थप बिरामी पार्ने भएकाले आफ्नै पहलमा झुल उपलब्ध गराइएको गरेको वडाध्यक्ष रावलले बताउनुभयो । 

पछिल्लो समय तापक्रम वृद्धिले यस जिल्लामा समेत लामखुट्टेको प्रकोप बढिरहेकाले हामीले बिरामीका लागि झुलको व्यवस्थापन गरेका हौँ, नगर प्रमुख पदम बडुवालले भन्नुभयो । 

जिल्लास्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत कुँवरका अनुसार तापक्रम बढेसँगै लामखुट्टेको संख्या वृद्धि भएको र जिल्लाका बडिमालिका नगरपालिका, बूढीनन्दालगायतका कम उचाइमा रहेका स्थानीय तहमा पछिल्लो समय औलोका बिरामी देखा परेका थिए । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!